घाँस काट्ने क्रममा दोधारा चाँदनीमा एक महिलाको रुखबाट लडेर मृत्यु

दोधारा 

माहाकाली नगरपालिकामा घाँस काट्ने क्रममा एक महिलाको मृत्यु भएको छ् । माहाकाली नगरपालिका वडा नं. १० का वर्ष अन्ताजी ३२ वर्षका रत्ना रोकायाको हिजो घर नजिकै रुखमा घाँस काट्ने क्रममा रुखबाट खसेका हुन् ।

उनलाई गम्भिर चोट आएपछि उपचारको लागी महाकाली अञ्चल अस्पताल लगिएको बताईएको छ् । महाकाली अञ्चल अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । समाचार तयार पारुञ्जेल मृतक रोकायाको प्रथामिक स्वास्थ्य केन्द्र दोधारामा पोष्टमार्टम भईरहेको छ् ।

 

ताजा समाचार

This will close in 10 seconds