घाईते पशुको उपचार

कञ्चनपुर

कञ्चनपुरका स्थानीय सरकारले छाडा पशु चौपाया व्यवस्थापनका लागि भन्दै करोडौँ रकम स्वाहा पारेपछि अझैपनि सडक, सार्वजनिक क्षेत्र, किसानका खेतमा छाडा पशु चौपाया अलपत्र परेको भन्दै काँग्रेस निकट नेवि संघले राजमार्ग क्षेत्रमा घाईते भएका छाडा पशु चौपायाको उपचार गरिरहेकोछ ।

नेवि संघ नेता दिपेश पन्तले घाईते पशुका लागि नेपाली काँग्रेस भीमदत्त नगरपालिका नगरपति पदम राज अवस्थीले औषधी उपलब्ध गराएका छन् । नेवि संघ नेता पन्तले काँग्रेस भीमदत्त नगरका सभापति पदम राज अवस्थी, सचिव उमेश राज जाशी, आई केयर यूका फाउण्डर विष्णू प्रशाद पनेरुको सहयोगमा घाईते पशुको उपचार भईरहेको बताए । उनका अनुसार गड्डाचौकीदेखि गुलरियासम्मका घाईते पशुको उपचार गरिनेछ ।

ताजा समाचार