अनाथ बालबालिका र असाहयलाई खाद्यान्न

सुदूरपश्चिमका एक यातायात व्यवसायीले कञ्चनपुरका अनाथ बालबालिका र असाहय जेष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरेका छन् । बैतडी दोगेडाकेदार गाउँपालिका ३ श्रीकोट घर भई हाल भीमदत्त नगरपालिका १८ निम्बुखेडा बस्ने महेश भण्डारीले कञ्चनपुरका दुई बृद्धाआश्रम र एक अनाथालयका खाद्यान्न सहयोग गरेका हुन् ।

भण्डारीका सहयोगी माधव पन्तले आफन्तको स्मृतिमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको महाकाली बाल अनाथालय, ५ बनखेत स्थित महिला तथा बृद्ध सेवा केन्द्र र बेदकोट नगरपालिका ८ रौटेलाको बैजनाथ विष्णू धाममा खाद्यान्न सहयोग गरेका छन् । ‘गत बर्ष आजकै मितिमा भण्डारीका आफन्तको मृत्यु भएको थियो, ‘पन्तले भने, ‘आफन्तको स्मृतिमा बेसाहारा बालबालिका र जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन ।’

पन्तका अनुसार दुई बृद्धआश्रम र एक अनाथालयमा १६ बोरा चामल, ३० किलो दाल, १५ लिटर खाने तेल र १५ किलो नुन सहयोग गरेका छन् । बेसाहारा नागरिकलाई खाद्यान्न सहयोग गरेर समाजिक कार्य गरेको भन्दै बृद्धआश्रम र अनाथालयका पदाधिकारीले भण्डारीप्रति आभार प्रकट गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds