विकास निर्माणका काममा राजनीति गरिनु दु:खद – प्रदेश सभा सदस्य तारालामा तामाङ

यमप्रसाद आचार्य / कञ्चनपुर 
प्रदेश सभा सदस्य तथा नेकपा सु.प.सचेतक तारालामा तामाङले विकास निर्माणको काममा राजनीति हुनु दु:खद भएको बताउनुभएको छ । सोमबार भौतिक पुर्वाधार विकास कोष तथा संसद विकास कोष सुदुरपश्चिम सरकारको बजेटमा निर्माण भएको पुनर्वास-२ को श्री सरस्वती मा.वि. को नवनिर्मित भवन उदघाटन कार्यक्रममा बोल्दै सभासद तामाङले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले विकास निर्माणका काममा सबै पार्टी एक ठाउँमा उभिए समृद्धि धेरै टाढा नभएको बताउनु भयो। उहाँले विकास निर्माणका कार्यमा राजनीति गर्नु दु:खद भएको बताउँदै चुनावमा राजनीति गरेपनी विकासका लागि सबैजना एकै ठाउँमा आउनु पर्ने धारणा राख्नुभयो । रातदिन काम गरेर भवन निर्माण समयमै सम्पन्न गरेकोमा समिती प्रती खुशी व्यक्त गर्नुभयो । साथै उहाँले सबै काममा जनप्रतिनिधिलाई दोष नदिई विद्यालय, अभिभावक र व्यवस्थापन समितिले स्थानीयसँग मिलेर आवश्यकता अनुसार विद्यालयको सर्वाङ्गिण विकासमा पहल गरेर ध्यान दिए छिटो प्रगती हुने बताउनुभयो । त्यसैगरी कार्यक्रममा आफ्ना भनाई राख्दै विशिस्ट अतिथि एवं पुनर्वास वडानम्बर २ का वडाध्यक्ष सन्त कुमार चौधरीले विद्यालयको पुरानो भवन पनि जिर्ण भैसकेकाले त्यसप्रति पनि सबै चिन्तित हुनुपर्ने बताउनुभयो।
साथै छोटो समयमा काम गर्नु परेता पनि भवन राम्रो बनेको र माथीबाट रकम कट्टी गर्दा घाटामा गएकाले यसको पुर्तिका स्रोत विद्यालयले खोज्नु पर्ने बताउनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक भिमलाल मोक्तान तामाङले प्राविधिक शिक्षाका लागि पहल गरिदिन समेत अनुरोध गर्नुभएको थियोे । उहाँले आफुहरु शिक्षा क्षेत्रको लागि लागिपरेको तर सरकारको स्पष्ट नीति नआउदा वैकल्पिक शिक्षा पनि प्रभावकारी नभएको बताउनु भयो। त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्ने क्रममा नेकपा प्रदेश कमिटी सदस्य रमेश थापाले भौतिक संरचना विकास भएपनि कोरोनाका कारण शिक्षा क्षेत्र अस्तव्यस्त भएकाले सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामसिंह विष्ट र उपभोक्ता समितीका अध्यक्ष तथा समाजसेवी लक्ष्मण कुमाल लगायतले आफ्ना भनाई राख्नु भएको थियो। आर्थिक बर्ष ०७५/०७६ मा रु. पैतिस लाख र ०७६/०७७ मा रु. दश लाख गरि जम्मा पैतालिस लाख भवन निर्माणका लागि माननिय तारालामा तामाङको संसद कोष तथा भौतिक पुर्वाधार कोषबाट छुट्याइएकोमा ०७५/०७६ मा जेठ अन्तिममा बजेट आएकाले काम पुर्ण रुपमा फर्स्यौट नहुँदा २९ लाख ६० हजार मात्र निकास भएकाले र हतारमा काम गर्नु परेकाले लागत बढन गइ करिव ६ लाख बराबरको घाटा लागेको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण कुमालले बताएका छन । त्यसै गरि ०७६/०७७ मा पनि ५८ हजार घाटा लागेकाले करिब ६ लाख ५८ हजार घाटा कहाँबाट ब्यहोर्ने भनी थप समस्या परेको प्रधानाध्यापक भिमलाल मोक्तान तामाङले बताए ।

ताजा समाचार

This will close in 10 seconds