आफ्नै छिमेकी मार्न चार लाखको सुपारी

छिमेकी प्रकाश ऐरले खातीलाई बोक्सीको आरोप लगाई विगत लामो समय देखी मार्ने नियतले योजनाबद्ध रुपमा लागेका थिए ।

कञ्चनपुर

कञ्चनपुरको बेलौरीमा अज्ञात समुहले श्रावन १६ गते राती करिब १ बजे एक बृद्ध दाम्पत्ती माथि साँघात्मिक आक्रमण गरेको थियो । आक्रमणमा परि बेलौरी नगरपालिका ७ भगतपुरका ६८ बर्षिया बेलु देबी खातीको घटना स्थलमै मृत्यु भएको थियो भने ७० बर्षका गम्भीर घाईते घनश्याम खातीेको साउन २६ गते १ बजे औषधी उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।


साउन १६ गते भएको उक्त हत्याकाण्डमा उनकै छिमेकी वर्ष ५३का प्रकाश ऐर सहीत गणेशपुर बस्ने अन्दाजी वर्ष ३५ को दिनेश राना, ६ बस्ने हात्ति बोझा वर्ष ३६को होरी राना र वर्ष ४५को रबि राना रहेका छन् ।


छिमेकी प्रकाश ऐरले घरमा कोही विरामी भए अथवा कुनै काम विग्रीएमा छिमेकी घनश्याम खातीकै कारण यस्तो भएको भनी खातीलाई बोक्सीको आरोप लगाई विगत लामो समय देखी मार्ने नियतले योजनाबद्ध रुपमा लागेका थिए ।
सोही क्रममा खातीलाई मार्न कृष्णपुर २ वाणि बस्ने रबि रानालाई प्रकाश ऐरले चार लाखको सुपारी दिएका थिए ।
घटना घटाउने बेला खातीका छोराले अवरोध गर्न सक्ने हुनाले, घटना घटाउनु भन्दा एक दिन अगाडि देखि नै खातीका छोरा राजेश खातीलाई दिनेश र होरी रानाले आफुसँग लगी रक्सी सेवन गराएका थिए । घरमा घनश्याम खाती र उनकी श्रीमती बेली देवी खाती मात्र भएको अवस्थामा रबि रानाले धारीलो हतियारको प्रयोग गरी घटना घटाएका थिए । घटना घटाईसकेपछि छोरा राजेशलाई दिनेश रानाले मोटरसाईकलमा घर पु¥याएका थिए ।

घटना घटे लगतै प्रहरीले खाती दम्पतीका छोरा राजेश खाती र दिनेश रानालाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । अनुसन्धानको क्रममा छोराको संलग्नता नपाएपछि छोडेको थियो ।
साउन १९गते छोरा राजेश खातीले दिएका किटानी जाहेरीका आधारमा प्रकाश ऐरी र होरी रानालाई प्रक्राउ गरी रबि रानाकोे घरबाट लुकाएको अवस्थामा नगद रु. १ लाख ५० हजार सहीत घटनामा प्रयोग भएका दुई ओटा मोटरसाईकल बरामद गरेको कञ्चनपुर प्रहरी प्रवता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले पत्रकार सम्मेलनमा जानकारी गराए ।

ताजा समाचार