नगर प्रमुखलाई ज्ञापनपत्र ,जस्तो सुके अवस्था मा पनि प्रतिकार गर्ने चेतावनी


कञ्चनपुर जिल्ला मुटुको टुक्रामा अवस्थित भीमदत्त नगरपालिकाले तय गरेको फोहोर व्यवस्थापन कार्य निरन्तर विवादित बन्दै गएको छ।

भी न पा ७ हल्दुखालको सिद्द सामुदायिक बन उपभोक्ता समिति भित्र बनाउने योजना बनाएको फोहोर व्यवस्थापन केन्द्रको बिरोधमा एक साता देखी वार्ड कार्यालय मा तालाबंदी गरेका हल्दुखाल बासी ले १५ सय जना गाउ बासिको हस्ताक्षर जहित बिरोध जनाउदै सिद्द सामुदायिक बन उपभोक्ता समितीले उक्त फोहोर ब्यबस्थापन केंद्र सामुदायिक बनक्षेत्र भित्र बनाउँन नदिने भनी गरेको निर्णय सहित आइतबार नगर प्रमुख सुरेंद्र बिष्ट लाई ज्ञापन पत्र बुझाएका छन। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला वन कार्यालय लाई समेत जानकारी दिएको स्थानीय समाजसेवी लक्ष्मण अधिकारीले बताएका छन् ।

जन भावना बिपरित फोहोर व्यवस्थापन केन्द्र हल्दुखाल कोसिरानी बस्ती नजिकै रहेको सामुदायिक बनमा बनाउन खोजे कड़ा आंदोलन गर्ने र जस्तो सुके अवस्था मा पनि प्रतिकार गर्ने चेतावनी दिएका छन।


Loading Viewer...

ताजा समाचार

spot_img