भारी वर्षा: दर्जनाैं बस्ती डुवानमा

कैलाली-कञ्चनपुरमा भारी वर्षा भईरहेकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ। आइतवारदेखि लगातार वर्षा हुँदै आएकोमा धनगढी, टिकापुर, भजनी, जानकी गाउँपालिका लगायतका क्षेत्रमा भारी वर्षा भईरहेकाले स्थानियवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको हो।

बर्षाका कारण चौधर, सुहेली, मोहना, खुटिया,कान्द्रा लगायत साना खोलाहरुमा आकस्मिक बहाब हुन सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । जिल्लाको पूर्वी क्षेत्रमा समेत ठुलो वर्षा नभएको प्रहरीले जनाएको छ।

तर पहाडमा समेत वर्षा भईरहेकाले ठूला नदी कर्णाली, मोहना, पथरैया, गौरिगंगा लगायतमा जलस्थर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन जिल्ला प्रहरीले पनि आग्रह गरेको छ। धनगढी उपमहानगरपालिक अधिकांश स्थानहरूमा पानी निकास नहुदा समस्या भएको छ। घरको कोठाभित्र २/३ फिट पानी भरिएको छ। घरको सिडिमा बसेर पानी घट्ने आशामा रहेका छन्

ताजा समाचार

This will close in 10 seconds