कञ्चनपुरमा पहिलो पटक शव बहान

महाकाली अस्पतालमा ५७ बर्षमा शव बोक्ने साधन ल्याईयो

 पहिलाद राना/कञ्चनपुर

कञ्चनपुर जिल्लामै पहिलो पटक महाकाली अस्पतालले शव बहान ल्याएको छ । यस अघि जिल्लामा शव बहान नहुँदा शवलाई टेक्टर, ट्रक र टिप्पर मार्फत बोकिन्थो । तर, अहिले महाकाली अस्पतालले शव बहान ल्याएसंगै मृत मानिसलाई बोक्न सहज हुने भएको छ । गाँउ नगरपालिका टेक्टर, ट्रक र टिप्पर मार्फत शव बोक्ने चलन थियो ।

महाकाली अस्पताल स्थापनाको ईतिहासमै पहिलो पटक शव बहान ल्याईएको हो । ‘५७ बर्षमा शव बहान ल्याउन सफल भएका छौँ, ‘महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘यसको संचालन प्रकृया बैठकबाट टुङ्गो लगाउँछौँ ।’ मानिस जन्मेदेखि, उसको विवाह लगायत शुभ कार्यका लागि जसरी सम्मानजनक ढङगबाट सवारी साधनमा स्वागत तथा यात्रा गरिन्छ, त्यसरी नै मृत्य पश्चात पनि सम्मानजनक रुपमा विदाई गर्न लैजान साधन नहुँदा अव्यवस्थित रुपमा घाटसम्म लैजानुपर्ने बाध्यता भएको अध्यक्ष जोशीको भनाई छ ।

‘कुनै मान्छे अस्पतालमा मृत्यु भएपछि उसलाई घर लैजान सवारी साधन सहजै मिल्दैन्थे, ‘अध्यक्ष जोशीले भने, ‘अब यो समस्याबाट महाकाली अस्पताल मुक्त हुन्छ ।’ अध्यक्ष जोशीले महाकाली अस्पतालले माग गरेपछि सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट शव बहान प्राप्त भएको बताए । महाकाली अस्पतालमा शव बहान आएसंगै मृतका परिवारलाई सवारी साधन जोह गर्न समस्या हुने छैन् । स्थानीयले समेत बषौँपछि महाकाली अस्पतालमा राम्रो काम भएको बताएका छन् । शव बहान नियमित संचालनमा जोडदिएका छन् । कोरोनाका बिरामी उपचार गरिरहेको महाकाली अस्पतालमा अहिले बैतडी र कञ्चनपुरका कोरोना संक्रमितको उपचार भईरहेको छ

ताजा समाचार

This will close in 10 seconds