सुत्केरी महिलालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग

बेदकोट नगरपालिकामा गर्भवती तथा सुत्केरी महिलाहरुको लागि खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ। बे.न.पा. कार्यसमितिको पहलमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई सहयोग गरेको थियो ।

आमालाई रुडुकको साथ परियोजना अन्तर्गत ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुकं) कि केन्द्रिय महासचिव जोत्सना साउँदको विषेश पहल कदमीमा गर्भवती तथा सुत्केरी महिलाहरुको लागि खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरीएको थियो ।

बेदकोट नगरपालिकाका नेपाली कांग्रेस कार्यसमितिद्धारा आइतबार एक कार्यक्रममा प्रतिव्यक्ति ३५ किलो चामल ,१ प्याकेट नुन, १ लिटर तेल, पोषण युक्त गेडागुडीका साथ दाल र मसला लगायत स्वास्थ्य सुरक्षा सामग्री सेनिट्राइजर, माक्स वितरण गरेको बे न पा कार्यसमिति सचीव दिलिप कुँवरले बताए ।

नेपाली कांग्रेसको नगर कार्यालय सिसौयामा बेदकोट नगरपालिका अन्तर्गत रहेका १० वटै वडामा रहेका ३५ जना महिलाहरू लाई एक कार्यक्रमका साथ वितरण गरिएको हो। खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा सभापति पुष्प राज भट्ट ,बेदकोट नगरपालिका वडा न.६ का वडाध्यक्ष खट्टे राना, रुडुक कञ्चनपुर जिल्ला अध्यक्ष कल्पना के. सी. लगायतको उपस्थिति रहेको थियो।

ताजा समाचार