बजारमा आयो अछामि बड्डाको “मास्टरकी छोरी” (भिडियो सहित)

सुदूरपश्चिमेली लोकसंगीतको क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउन सफल राष्ट्रकै लोकप्रिय देउडा गायक लालबहादुर धामी अछामी बड्डाले महान गौरा पर्वको अवसरमा खप्तड डिजिटल म्यूजिकको प्रस्तुति नयाँ लोकदेउडा गीत “मास्टरकी छोरी” बजारमा आइसकेको छ। विश्वकै गीत संगीतकर्मीहरुलाई महामारी कोरोना भाइरसले असर परिरहेको यो विषम परिस्थितिमा ‘मास्टरकी छोरी’ बोलको डेउडा गीत बजारमा एका-एक सबैको मन मुटुमा आइतबार बस्न सफल भएको छ। डेउडा गीतमा स्वर लालबहादुर धामी ‘अछामि बड्डो’ , लोकगायिका टिका पुनको रहेको छ। शब्द संगीत राजेन्द्र शाह (विपि) ले गर्नु भएको छ।

गीतको निर्देशक भीम थापा, क्यामेरामा डिभी रैहु र एरेन्जर विनोद वाजुरेलीले गर्नुभएको छ। भने मोडलमा अछामी बड्डो, सिमा खड्का, लक्ष्मण अधिकारी,र टिकटकमा भाईरल बड्डा राम वहादुर खत्रीको अभिनय रहेको छ । दर्शकहरु बाट उनले पाउदै गरेको त्यो माया साथ सहयोग अझै पनि पाउने छन् । भने उनको स्वरमा रहेको चर्चीत डेउडा गीत ” यो अछामी बड्डो” लगायतका देउडा गीतहरु सुपर हिट भै सकेका छन् ।

अहिले बजारमा आएको देउडा गीतमा समेत अछामी बड्डो जवानिका साथ मास्टरकी छोरी पटाउने अभिनयमा देखिन्छन् । केही पृथक शैली र प्रस्तुतिसँगै दर्शकले भरपुर मनोरञ्जनको महसुस गर्ने अपेक्षा त रहेकै नै छ तर सुदूरपश्चिमको लोक संस्कृतिको थप उजागर पार्न यस्ता खाले गीत संगीतको भूमिका महत्वपूर्ण हुने छ।

ताजा समाचार

This will close in 10 seconds