मदिराले मात लागेका श्रीमानद्वारा श्रीमतीको हत्या विकास

कञ्चनपुर

हत्या, बलात्कारका घटनाबाट आक्र्रान्त कञ्चनपुरमा फेरी एक महिलाको हत्या भएकोछ । गएराती बेलडाँडी गाँउपालिका २ लल्लरेडाँडाका तारा धामीले आफ्नै श्रीमती दुरादेवी धामीको हत्या गरेको छ । मदिरा सेवन गरेर घरयासी विवादका कारण धामीले श्रीमतीलाई लाठी प्रहार गरि हत्या गरिदिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज राजेन्द्र बहादुर सिहले घरभित्रै महिलाको हत्या भएको बताए । मृतकको शरिरमा लाठी प्रहार गरेका घाउ रहेका छन् । मदिराले मात लागेका ताराले श्रीमतीलाई निर्दही तरिकाले हत्या गरिदिएका छन् । संगै बाँच्ने, संगै मर्ने कसम खाएर वैवाहिक जिवनमा बाँधिएका व्यक्तिबाटै महिला असुरक्षित बन्दै गएका छन् । कतै महिलाबाट पुरुष अनाहक बलात्कारको आरोप र परपुरुषसंग मिलेर श्रीमानको हत्या कतै श्रीमानले श्रीमतीको हत्या गरिदिने प्रचलन अझै रोकिएको छैन् । हत्याको आरोपमा श्रीमान तारा धामी पक्राउ परेका छन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमाष्टमका लागि महाकाली अस्पताल ल्याईएको छ । मृतक दुराका दुई छोराछोरी रहेका छन् । आमालाई बाबुले मारिदिएपछि आमा स्वर्गबास, बाबु जेल जाने भएपछि धामी दाम्पत्तीका छोराछोरी टुहुरा भएका छन् । कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले मानवता बिरोधी गतिबिधी भईरहेको भन्दै घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारिन् । ‘अहिले पछिल्ला दिनमा मदिरा, कुलत र कुविचारले महिलामाथि हिंसा मात्र नभई हत्याका घटना बढ्दै गएका छन, ‘उनले भनिन, ‘यि विषय जबसम्म हरेक पुरुषले मनभित्रबाटै नहटाउन्जेलसम्म अपराध रोकिदैन् ।’ घटनाको समाजिक रुपमा तारामाथि वितृष्णा, घृणा जन्माएको छ ।

ताजा समाचार