सरकारी सवारी साधनको चरम दुरुपयोग

मनोरञ्जन गर्न सार्वजनिक विदाका दिन सरकारी मोटरसाईकलको दोहन

कञ्चनपुर
कञ्चनपुरमा सरकारी सवारी साधनको चरम दुरुपयोग अझै रोकिएको छैन् । ससुराली जानदेखि तरकारी किन्न भारतसम्म सरकारी सवारी साधन दुरुपयोग हुन्थे । तर, अहिले कोरोना महामारीसंगै सार्वजनिक विदाका दिन कञ्चनपुरमा सरकारी मोटरसाईकलको दुरुपयोग भएको पाईएको छ । न कुनै सरकारी काम न कुनै अनुमति लिएका छन् । सार्वजनिक विदाका दिन अनुमति लिएर सरकारी कार्यालयको काम गर्न होईन । शनिबारका दिन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ बतासे झर्नामा मनोरञ्जनका लागि हिडेका पाँच सरकारी मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झलारीले नेपाल आयल निगमका दुई र बेलौरी नगरपालिकाका तीन वटा मोटरसाइकल विना पास सोही स्थानमा फेला परेका थिए । प्रमुख रावलका अनुसार नेपाल आयल निगमका से१म ८७, ८५ र बेलौरी नगरपालिकाको म१व २८०, १९० र सु।प।प्र–०२–००१–व ५६८ नम्बरको मोटर साइकल नियन्त्रणमा लिइएको छ ।

टोली त्यहाँ पुगेको थियो । तीन सय बढी मोटरसाइकल झरना भन्दा केही वरका पसल तथा खेतबारीमा पार्किङ गरिएको अवस्थामा रहेको कार्यालयका प्रमुख धर्मेन्द्र रावलले बताए । उनका अनुसार विना पास सरकारी कार्यालयका पाँच वटा मोटरसाइकल पनि त्यही भेटिए ।
उनले सबैको सवारी पास अनुमति पत्र राखिएको र आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनिएको बताए ।

ताजा समाचार

This will close in 10 seconds