प्रदेश सरकारका योजनामा अनुगमन

कञ्चनपुर
सुदूरपश्चिम प्रदेश सभा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेश सरकारबाट संचालित भएका योजनाको अनुगमन गरेको छ । प्रदेश सरकारबाट गत आर्थिक बर्ष २०७६/०७७ मा सम्पन्न भएका योजना र संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण गरिएका योजनाको अनुगमन गरिएको हो । समितिले केही योजना सन्तृष्ट र केही योजनामा असन्तुष्ट मात्र नभई अनियमितता भएको जनाएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा निर्माण हुने भनिएको मालुबेला, गुलरिया, राजघाटी घनगढी जोड्ने सडकमा ठेकेदारले चरम लार्पबाही गरेको र जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको कर्भडहलमा निर्माण भएको क्रिकेट मैदानमा अनियमितता भएकाले सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको जनाएको छ ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य एव कञ्चनपुर क्षेत्र नम्बर २(क)का प्रदेश सभा सदस्य महेश दत्त जोशीले जिल्लाको गौरबको योजनामा मालुबेला सडकखण्डमा ढिलासुस्ती हुँदा जनताले सास्ती खेप्नु परेकाले सम्बन्धीत निर्माण व्यवसायी सहित प्रदेश सरकारको ध्नाकर्षण गराउने बताए । प्रदेश सरकारबाट संचालन भएको भेटघाट शिबिरमा तटबन्ध निर्माणबाट बस्ती जोगिएको बताए । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(ख)का प्रदेश सभा सदस्य लाल बहादुर खडकाले चौधर नदीका विभिन्न स्थानमा गरिएको तटबन्धका कारण बस्ती जोगिएको बताए । उनले लकडाउनका बेलामा समेत काम भएकाले बस्ती जोगिएको बताए । खडकाले कञ्चनपुरको उत्तरी भेगबाट भीमदत्त बेदकोट जोड्ने रौटेलामा निर्माण भएको झोलुङ्गेपुलबाट समेत धार्मिक पर्यटकिय क्षेत्रको विकासमा जोडदिए । उनले दैजी लिप्ना सडक विस्तारमा समेत सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउने बताए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)का प्रदेश सभा सदस्य एव पुर्व राज्यमन्त्री प्रकास बहादुर रावलले कर्भडहलमा निर्माण भएको क्रिकेट मैदानमा भ्रष्टाचार भएकाले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने बताए । उनले भीमदत्त नगरपालिका ९ रिगौना सीमा क्षेत्रमा खेल मैदानबाट सीमा सुरक्षा र खेलाडीका लागि सहज भएको बताए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३९ख० प्रदेश सभा सदस्य मान बहादुर सुनारले महाकाली नदीमा निर्माण हुन लागेको महाकाली पुल आयोजना समयमै सम्पन्न र पुल आयेजनाका लागि चाहिने प्राकृतिक स्रोत साधन आपूर्तिका लागि पहल गर्ने बताए । कञ्चनपुरका प्रदेश सभा सदस्य सहित अर्थ विकास तथ प्राकृतिक स्रोत समितिका सभापति हर्क बहादुर कुँवर, सदस्य दिर्घ सोडारी, अक्कल रावल, पूर्णा जोशीले भारतीय एसएसबीबाट बन्न नदिएको ब्रम्हदेब सडक र बृक्षारोपण, तारबार गरिएको नेपाली जमिनमा भारतीय पक्षबाट अवरोध भएको क्षेत्रको समेत स्थलगत अनुगमन गर्दै भारतीय कदमको भत्र्सना गरिएको छ । सिँचाई विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख महादेव विष्ट र पुर्वाधार कार्यालयका ईन्जिनियर हेमराज भट्टले योजनाबारे बिफिंङ्ग गरेका थिए ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क बहादुर कुँवरले कञ्चनपुरमा प्रदेश सरकारबाट संचालित योजनाको स्थलगत अनुगमन गर्दा केही योजना ठिक केही बेठिक अवस्थामा भेटिएको बताए । सभापति कुँवरले स्थलगत अनुगमनमा क्रममा भेटिएका सकारात्मक एव नकारात्मक पक्ष दुवै बेलाएर सरकारलाई नराम्रा पक्ष सच्याउन निर्देशन दिईने बताए । उनले पनि मालुबेला सडक निर्माणमा ढिलासुस्ती र कर्भडहलमा निर्माण भएको क्रिकेट मैदानमा अनियमितता भएको बताएका छन् ।

ताजा समाचार