आटिएफको २३ औं बार्षिकोत्सव खेलाडी तथा प्रशिक्षक सम्मानित

दामोदर अर्याल / काठमाडौं

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आफ्नो बार्षिकोत्सवका अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ ।

२३ औं बार्षिकोत्सवका अवसरमा ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको रिभाईभ लिजर पार्कमा भएको सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहरुमा पुरुष तर्फ युनिस गौतम र महिला तर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगर रहेका छन् । यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २ र उत्कृष्ट जिल्लामा मोरङ्ग जिल्ला रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला “ज्वाला”, सदस्य द्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई, आईटिएफका अध्यक्ष अञ्जन धमलाले बिहिबार एक कार्यक्रमकाविच बर्ष २०१९ का उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।

आईटिएफले आफ्नो बार्षिकोत्सवका अवसरमा सामाजिक सेवा, जस्तै रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, बृद्धहरुलाई खाना खुवाउने कार्यक्रम र बर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गर्ने कार्यक्रमहरु गर्दै आईरहेको छ ।

नेपाली काँग्रेस खेलकुद विभागद्वारा काँग्रेसका अग्रज नेताहरु जननेता बि.पी. कोईराला, लौहपुरुष गणेशमान सिंह, सुवर्ण समशेर, गिरिजा प्रसाद कोईराला, सुशिल कोईराला, महेन्द्र नारायण निधी लगायत विभिन्न नेताका नाममा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा जानकारी गराउने उद्धेश्यले पत्रकार सम्मेलन गरिएको थियो ।

ताजा समाचार

This will close in 10 seconds