कञ्चनपुरमा ‘असार मात्रै अढाई अर्ब’ बढि रकम स्वाहा

कृष्ण नेपाली /कञ्चनपुर
एक महिनाको अवधिमा मात्रै कञ्चनपुरमा अढाई अर्ब भन्दा बढि रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७६/०७७ को असारमा २ अर्ब, ४६ करोड, ४४ लाख, २३ हजार २ सय रुपैँया रकम खर्च भएको हो । जिल्लाका कुल ६४ कार्यालय मध्ये २७ बाहेक ३७ कार्यालयले महिना दिनमै ह्वात्तै बढि बजेट खर्च गरेका हुन् ।  चालु तर्फ १ अर्ब ३५ करोड, १६ लाख, १५ हजार ३ सय १९ र पुँजिगत तर्फ १ अर्ब, ११ करोड, २८ लाख, ७ हजार ८ सय ८१ रुपैया खर्च भएको छ । चैत्रदेखि लकडाउनले थला परेको कञ्चनपुरमा असार महिनामा ह्वत्तै बजेट खर्च भएको पाईन्छ । संघ र प्रदेशको गरि कञ्चनुरमा चालु र पुँजिगत तर्फ १३ अर्ब, ३८ करोड, १७ लाख, ३८ हजार ७ सय ९२ कुल बजेट मध्ये ११ अर्ब, २७ करोड, ८३ लाख, ३४ हजार ८२ रुपैँया मात्रै खर्च भएको छ । पुजिँगत र चालु तर्फ गरि कुल २ अर्ब, १० करोड, ३४ लाख, ४ हजार ७ सय १० रुपैया खर्च हुन सकेको छैन् । गत बर्षका ७७। ९८ प्रतिशत मात्रै खर्च भएको छ ।

चालु तर्फ ८०। ९८ र पूँजिगत तर्फ ७१।७८ प्रतिशत मात्रै रकम खर्च भएको छ । चालुको तुलनामा पूँजिगत तर्फ ९।२कम खर्च भएको छ । पुँजिगत तर्फ प्रदेश र संघ दुवैमा ९ अर्ब, ४६ करोड, १९ लाख, ६ हजार १ सय ९३ रुपैया बजेटमा ७ अर्ब, ९६ करोड, ३० लाख, ७७ हजार, ६ सय ३५ रुपैँया मात्रै खर्च भएको छ । चालु खर्च तर्फ १ अर्ब, ८३ करोड, ११ लाख, ८ हजार ५ सय ५८रुपैया फिर्ता भएको छ । पुँजिगत तर्फ ४ अर्ब, ३३ करोड, ५५ लाख, ४२ हजार, ५ सय ९९ बजेट मध्ये, ३ अर्ब, ३१ करोड, ५२ लाख, ५६ हजार, ४ सय ४६ रुपैया खर्च भएको छ ।
१ अर्ब, २० करोड, २८ लाख, ६ हजार १ सय ५३ रुपैया खर्च हुन सकेको छैन् । ७१।७८ प्रतिशत मात्रै पुँजिगत रकम खर्च भएको छ । गत आर्थिक बर्ष २ अर्ब, १० करोड, ३४ लाख, ४ हजार ७ सय ११ रुपैया फिर्ता अर्थात फ्रिज भएको छ । अघिल्लो आर्थिक बर्ष २०७५÷०७६ को तुलनामा गत आर्थिक बर्ष २०७६÷०७७ मा १९।९२ प्रतिशत कम पुँजिगत खर्च भएको छ ।

अघिल्लो बर्ष ९१।७० प्रतिशत पुजिँगत खर्च भएको थियो, भने गत बर्षमा ७१।७८ मात्रै खर्च भएको हो । यो कञ्चनपुरको विकासका लागि निकै निरासाजनक विषय बनेकोछ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार प्रदेश तर्फ ९चालु÷पूँजिगत० ६७ करोड, ६४ लाख, १३ हजार, ३ सय ६४ रुपैँया र संघ तर्फ ९चालु(पूँजिगत) तर्फ १ अर्ब, ४२ करोड, ८१ लाख, ९२ हजार, ६ सय ४३ रुपैया फिर्ता भएको छ । प्रदेश भन्दा संघको रकम बढि फिर्ता भएको देखिन्छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार बजेट फिर्ता र असारमा मात्रै बढि खर्चको दर बढेपनि राजस्वमा समेत बृद्धि भएको पाईन्छ । अर्थिक बर्ष २०७६/०७७मा संघ तर्फ २ अर्ब, ५७ करोड, ४२ लाख, ३८ हजार, ५ सय ४ रुपैया र प्रदेश तर्फ १८ करोड, ७५ लाख, ४८ हजार, २ सय ६७ रुपैया गरि जम्मा २ अर्ब, ७६ करोड, १७ लाख, ८६ हजार, ७ सय ७१ रुपैँया राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक बर्ष ०७५/०७६को तुलनामा ९।८१ प्रतिशत कञ्चनपुरमा राजस्व बृद्धि भएकमो छ । अधिल्लो आर्थिक बर्षमा २ अर्ब, ३२ करोड, १५ लाख, ७८ हजार, १ सय ९६ रुपैँया संकलन भएको थियो । ४४ करोड, २० लाख, ८ हजार, ५ सय ७५रुपैया बढि राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका प्रमुख कोष नियन्त्रक मणिचन्द्र न्यौपानेले लकडाउनका कारण रकम कम खर्च भएको बताए । उनका अनुसार लकडाउनसंगै अख्तियार ढिला आउने नीतिगत व्यवस्थाका कारण बजेट फिर्ताकोहुने क्रम बढ्ने बताए । बर्षनी बजेट फिर्ताको दर बढ्दै गएपछि कञ्चनपुरको विकास निर्माणमा समेत प्रभाव परेकोछ । स्थानीयले समेत हरेक बर्ष पूँजिगत बजेट खर्च हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ताजा समाचार