कञ्चनपुरको दक्षिणि क्षेत्रका खुला सिमा नाकाहरु लागु औषध ओसार पसारको अड्डा बन्दै

बर्षेनी सयौ युवा दुर्वेसनीमा फस्दै

रमेश प्रसाद भट्ट /कञ्चनपुर

जिल्लाको दक्षिणि क्षेत्रका खुला सिमा नाकाहरु लागु औषध ओसार पसारको मुख्य अड्डा बन्दै गएको पाईएको छ । पछिल्ला घटनाक्रमहरुले सिमावर्ती भारत संग जोडीएका क्षेत्रहरु बेलडाँडी, बेलौरीको भुडा, बैशाखा, पुनर्वासका कारगिल डाँडा, फटिया, ‘क’ गाउँका क्षेत्रहरुमा लागु औषध ओसार पसारको मुख्य अड्डा बन्दै गएका हुन । यसरी सिमावर्ती भारत संग जोडिएका खुला सिमा नाकाहरुमा दिन प्रतिदिन लागु औषधको ओसार पसार हुदा सयौ कलिला नेपाली युवाहरु लागु औषधको दुर्वेशनीमा फस्दै गएको पाईएको छ । उक्त क्षेत्रबाट ‘ब्राउन सुगर’ लगायत अन्य लागुऔषध जन्य औषधीहरुको तस्करी हुने गरेको स्थानीय वासिन्दाहरुको भनाई रहेको छ । पछिल्लो समय जिल्लाको दक्षिणि क्षेत्रका खुला सिमा नाकाहरुमा लुकिछिपि लागु औषध ओसार पसारका घटनामा बृद्धि भईरहेको स्थानीय शिक्षक गणेश बहादुर सिहँले बताउनु भयो । उनले भने “आईतबार प्रहरीले दुई जना भारतिय नागरिकलाई ठुलो परिमाणमा ब्राउन सुगर सहित पक्राउ गरेको यो एक प्रतिनिधि घटना मात्रै भएको बताउदै यस्ता घटना रोकथाम गर्न सबैले अग्रसर हुनु पर्ने धारण राखे ।” उहाँका अनुसार सिमावर्ती क्षेत्रमा भारतीय नागरिकहरुले लागु औषध ल्याउने र वारीबाट नेपालीले भित्र्याने गरेका कारण थुप्रै नेपाली युवा लागु औषध दुर्वेशनीमा फसेको र यसको रोकथामका लागि प्रशासनले सिमा क्षेत्रमा थप कडाई गर्नु पर्ने बताउनु भयो ।

यस्तै अर्का स्थानिय समाजसेवी तथा पुर्व शिक्षक विवेक लम्सालका अनुसार यस्तो गलत कार्य नियन्त्रणमा प्रशासनको कमजोरी रहेको बताउनु भयो । उनले भने ‘यस्ता कु सामाजिक कार्य रोक्ने कार्य योजनामा स्थानिय सरकार समेत अनविज्ञ रहेको भन्दै यसको समयमै नियन्त्रण हुन नसके समाज ठुलो दुर्घटनामा फस्ने भएकाले सबैले रोक्ने प्रयास गर्नु पर्ने बताउछन् ।’ अहिले जुन रुपमा जिल्लाको दक्षिणि भेगको खुला सिमा नाकाको प्रयोग गरेर लागु औषधको ओसार पसारको कार्य नियन्त्रणको लागि प्रदेशबाट र जिल्लाबाट सादा पोशाकका प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले कञ्चनपुर खबरलाई बताउनु भयो । उहाँले भने ‘‘हामिले यस्तो कार्य पुरै नियन्त्रणका लागि मातहतका प्रहरीलाई निर्देशन समेत दिएको बताए ।’’ उनले भने राति समयमा पनी एक प्रहरी युनिटबाट अर्को प्रहरी युनिट सम्म पुग्ने गरी गस्ती गर्न समेत निर्देशन भएको र सोहि अनुसार प्रहरीले कार्य गरिरहेको समेत बताउनु भयो । यस्तो कार्यलाई समाजबाट समाप्त गर्ने कार्यमा प्रहरी र आम नागरिकको समेत भुमिका आवश्यक रहेको प्रहरी नायव उपरिक्षक थापाले धारणा राखे । दक्षिणि क्षेत्रका खुला सिमाको फाईदा उठाउदै भारतीयहरुले नेपाली युवाहरुलाई आगु औषध बेच्ने गरेको समेत खुलेको छ । पारीबाट भारतीयले नेपालको सिमानाकामा ल्याई दिन्छन अनी यताबाट नेपालीले भित्र्याउने गरेको अवस्था रहेको देखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताए ।

उनले भने ‘हामीले सिमामा पट्रोल गस्ती गर्ने गरेको र खुला सिमा नाकाहरुको फाईदा उठाउदै आगु औषधको तस्कर भईरहेको पाईन्छ ।’ उहाँका अनुसार २०७६/०७७ आर्थिक बर्षमा २५ देखि ३० जनालाई लागु औषध ओसार पसार ऐन सम्बन्धि मुद्धा चलाईएको अवस्था रहेको बताउनु भयो । लक डाउन यता पुनर्वास क्षेत्रमा भने पछिल्लो अवस्थामा त्यस्तो कार्यमा संलग्न फेला नपरेको तर लुकि छिपि त्यस्तो कार्य भएको भए थाहा नभएको प्रहरी निरिक्षक सिंहले बताउनु भयो । यस्तो गैर कानुनी कार्य रोक्न आफुले प्रहरी गस्ती परिचालन पनि सोहि रुपमा गरिरहेको बताउदै हदै सम्म रोक्न प्रहरी सक्रिय रुपमा लागिरहेको उनले बताए । बेलौरीमा पनि गत आर्थिक बर्ष २०७६/०७७ मा २० जनालाई लागु औषध ओसार पसारको मुद्धा चलाईएको अवस्था रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक रण बहादुर चन्दले बताउनु भयो । उहाँका अनुसार बेलौरी क्षेत्रमा पछिल्लो चरणमा लागु औषधको तस्करीमा बृद्धिनै भएको पाईएको छ । उनले भने ‘लागु औषधको तस्करीमा बढी जसो धनगढी अत्तरियाका युवाहरु सक्रिय रहेको पछिल्ला घटनाक्रमले देखाएको अवस्था रहेको बताए ।’ उनीहरु स्थानिय युवाहरु संग मिलेर यस भेगमा आएर सिमावर्ती नाकाहरुबाट भारतीय संग ‘ब्राउन सुगर’ को तस्करी हुने गरेकोमा सके जति कन्ट्रोल गर्ने कार्यमा प्रहरी परिचालन भईरहेको प्रहरी निरिक्षक चन्दले बताउनु भयो । यस्तै यसै आईतबार बेलौरी नगरपालिका वडा नम्बर १० बाट ब्राउन सुगरमा ओसार पसारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले २२.९० ग्राम ब्राउन सुगर सहित भारतिय दुई जागरिक पिलिभित जिल्ला बब्बनपुरका २२ बर्षिया गोविन्द सिह र २० बर्षिया राजवीर सिहलाई विशेष सुचनाको आधारमा प्रहरीको क्षेत्रीय अनुसन्धान टोली, प्रहरी चौकी भुडा र ईलाका प्रहरी कार्यालयको सयुक्त गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बेलडाँडी ईप्रकाले आर्थिक बर्ष २०७६/०७७ मा २ वटा मुद्धा चार जनालाई लागु औषध ओसार पसार ऐन सम्बन्धी मुद्धा चलाईएको ईलाका प्रहरी कार्यालय बेलडाँडी प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिंहले बताउनु भयो । उहाँका अनुसार आफुले सकभर यस्ता गैर कानुनी कार्य नियन्त्रणका लागि प्रहरी सक्रियता बढाएको बताउनु भयो । ‘प्रहरी निरिक्षक सिहका अनुसार खुला सिमा नाका छ, सिमामा शसस्त्र प्रहरी पनि छन्, उनीहरुलाई छलेर आएपनि प्रहरीले निगरानी गरिहेको हुन्छ उनले भने ।’ समाजमा लागु औषधको रोकथाम र जनचेतनामुलक कार्यक्रम गरी अहिलेको पिडिको युवालाई सहि मार्गमा लग्न सबै पक्षको उतिकै भुमिका रहेको छ । यसरी लागु औषध रोकथाम तथा नियन्त्रणका लागि स्थानिय सरकार देखि केन्द्र सरकार सम्मकाले विशेष जोड दिएर उचित योजना बनाई नियन्त्रण र सचेतनाको कार्यमा लाग्नु पर्ने दखिन्छ ।

ताजा समाचार