दोधारा चाँदनीको सिमा क्षेत्रबाट सशस्त्र प्रहरीद्धारा ८० हजारको कुखुरा र माछा बरामद

माहाकाली नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट लुकीछिपी ल्याएका अबैध समान माथी थप कडाई गरेको छ् । सशस्त्र प्रहरीले सिमा क्षेत्रमा हुदै आएको तस्करीलाई पुर्णरुपमा रोक लगाउन थालेको छ् । सशस्त्र प्रहरीको भन्सार छलेर ल्याएका र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको निम्ती माहाकाली नगर क्षेत्रको नेपाल–भारत सिमा क्षेत्र थप कसिलो बनाउन थालेको छ् । सशस्त्र प्रहरीले हिजो मात्रै माहाकाली नगरपालिका वडा नं. १० कुतियाकवर क्षेत्रको नेपाल–भारत सिमा क्षेत्रमा भारतबाट अबैधरुपमा ल्याउदै गरेको झण्डै एक लाख बराबरको हरियो तरकारी, माछा र कुखुरा बरामद गरेको हो भने माहाकाली नगरपालिका वडा नं. ३ स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले सड्ने अवस्थामा रहेको पंकज माछा र मरेका कुखुरा बरामद गरेको हो ।

आज अपरान्ह १ बजे माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर नेपाल–भारत सिमा क्षेत्रबाट सिमावर्ती भारतिय बजारबाट नेपाल भित्र्यिाउदै गरेको झण्डै ८० हजार मुल्य बराबरको सड्ने अवस्थामा रहेको पंकज माछा र मरेका कुखुरा बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा गएको गस्ती टोलीले सुन्दरनगर क्षेत्रमा भारतबाट अबैधरुपमा ल्याउदै गरेको माछा र कुखुरा बरामद गरेको बताईएको छ् । गस्ती टोलीलाई देखेपछि तस्करहरुको टोली माछा र कुखुरा छाडेर भागेको बताईएको छ् ।

बरामद अबैध समानलाई माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशी, माहाकाली नगरपालिका पशु शाखाका प्रमुख कृष्ण सिंह साँउद, स्थानिय, पत्रकारको रोहवरमा बरामद माछा तथा कुखुरालाई नष्ट गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् । माहाकाली नगरपालिका पशु शाखाका प्रमुख कृष्ण सिंह साँउदका अनुसार बरामद गरिएको सडेगलेका माछा र मरेका कुखुरा रहेको बताएका छन् । सिमावर्ती भारतिय बजार देखी विभिन्न व्यवसायी समान तस्करी गरेर नेपाल ल्याईरहेको अवस्था माहाकाली नगरपालिका स्थित रहेको सशस्त्र प्रहरीले बरामद गर्न थालेपछि तस्करको योजना तुहिदै आएको छ् ।

ताजा समाचार

This will close in 10 seconds