कृष्णपुर नगरद्वारा कोडिभ खर्च सार्वजनिक कोरोना नियन्त्रणका लागि झण्डै तीन करोड खर्च

कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कोरोना रोकथाम तथा निन्त्रणका लागि गरेको खर्च सार्वजनिक गरेको छ । कोरोना रोकथामका लागि स्थानीय तहले भ्रष्टाचार गरेको आरोप लागेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिकाले खर्च सार्वजनिक गर्ने पहिलो स्थानीय तह भएको छ । कोरोना रोकथाम एव नियन्त्रणका लागि स्थानीय सरकारले आँचाक्ली भ्रष्टाचार गरेको प्रतिपक्षीय लगायत स्वयम आफ्नै दलका सहकर्मी, केहीले आरोप लगाएका बेला जिल्लाको कृष्णपुर नगरपालिकाले खर्च र आम्दानी सार्वजनिक गरेको हो । चार महिनाको अवधिमा कृष्ण्पुर नगरपालिकाले २ करोड, ९८ लाख, ७० हजार ४ सय ८३ रुपैया खर्च गरेको छ ।

०७६ चैत्रदेखि असार ०७७ सम्म उक्त रकम खर्च गरेको हो । कृष्णपुर नगरपालिकामा नगरपालिका स्वय, प्रदेश, संघीय सरकारबाट ३ करोड, ७९ लाख, २० हजार ३ सय रकम आएको थियो । सो मध्ये उक्त रकम खर्च भएको कृष्णपुर नगरपालिकाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । ८० लाख, ४९ हजार ८ सय १७ रुपैया बैंकमा जम्मा भएको छ । क्वारेन्टाईन व्यवस्थापन संचालक ६३ लाख, ३ हजार ५ सय ६३, राहत वितरण ७७ लाख ८० हजार, ७ सय ८४, स्वास्थ्य समाग्री खरिद ५७ लाख, ६० हजार, ५ सय ३३, क्वारेन्टईनमा रहेका व्यक्तिको खाना खर्च ९५ लाख, ८४ हजार, ६ सय ३, सरसफाई ५१ हजार, स्वयसेवक खर्च ३ लाख, ९० हजार खर्च भएको छ । कृष्णपुर नगरपालिकाले सबैभन्दा पहिलो खर्चको विवरण सार्वजनिक गरेको भन्दै स्थानीयले संयुक्त प्रतिकृया दिएका छन् । कसैले राम्रो कसैले खर्च बढि काम कम भएको टिप्पणी गरिरहेका छन् । अधिकाँसले भने खर्च विवरण सार्वजनिक कार्य सरानिय भएको बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds