पशु पुकार

अमित प्रसाद भट्ट
भीमदत्त न.पा. ७ हल्दुखाल,कञ्चनपुर
मो .९८४८७४४५३५

ए भाइ बन्धु आमा र दिदी मलाइ नमार
धर्मको अर्थ बुझेर तिमी मतिलाइ सपार ।
देवी र देवता मासु र रगत कसरी खालान र
स्वर्गको बाटो यस्ता जीव भक्षी कसरी जालान र?
मेरो नि बाँच्ने हक छ त हजुर यो कुरा बुझन
सात्विकी पुजा गरेर सधैँ देवता पुजन ।
यो मेरो मुटु काम्या छ थर्थर गहमा आँशु है
असह्य पिडा सहेर सधैँ कसरी हाँसु है ।
कुन शास्त्र पुराण,वेद र गीता बलि गर भन्दछ
अकृत्य कुरा जतिमा तिम्रो मन किन पर्दछ ?
के साँच्चै तिम्रो मनले पनि मार हान्न रमाउँछ
तिम्रा ति सन्तानको बलि भए लौ के हुन्छ ?
मेरा नि घरमा ति बुवा आमा ति दिदी रुदैछिन
तँ पापी मुर्ख नरकमा जालास भनेर भन्दैछिन ।।।

ताजा समाचार

This will close in 10 seconds