सहयात्रा नेपाल द्धारा महेन्द्रनगरमा दिप प्रज्वलन

महेन्द्रनगरको मदन चोकमा सहयात्रा नेपाल कञ्चनपुर द्धारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ। मंगलबार काठमाडौ उपत्यकामा प्रत्येक वर्ष उल्लासका साथ आजको दिनमा बनाइने गाईजात्रा यस बर्ष कोरोना “कोभिड -१९” को कारण गाईजात्रा नभएको हुँदा आफ्नै क्षेत्रमा सानो भए पनि कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतिले बताउनु भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको सनत्रास पछी निल हिरा समाजको १७ औं गाईजात्रा नहुने भएकाले आफ्नै क्षेत्रमा आफ्नै समुदायको उपस्थितिमा सम्झना स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरकि अध्यक्ष अनिशा धमलाले बताइन् । उनका अनुसार ‘बर्षेनी गर्दै आएको यो अभियानलाई छुटाऊनु नहूने हुँदा आज सामाजिक तथा भौतिक दुरी कायम गरी १५ देखी २० जना साथी हरुको उपस्थितिमा ममबत्ती बाली दिवंगत हुनु भएका हरुको आत्मा शान्ती र श्रद्धाञ्जली सवरुप दिप प्रज्वलन गरि कार्यक्रमको समापन गरिएको हो।

ताजा समाचार