कञ्चनपुरमा कोरोनाका बिरामी बढ्दै नागरिकको चिन्ता घट्दै

कृष्णपुरमा श्रीमान श्रीमती दुवैमा कोरोना

जब कञ्चनपुरमा एक जनालाई गत चैत्रमा कोराना लागेको थियो । त्यतिबेला जिल्लाका नागरिक त्रसित र उनीहरुमा चिन्ता थियो । चैत्रपछि सिधै बैशाख अन्तिममा थप एक महिलामा कोरोना देखियो, तबसम्म पनि नागरिक सचेत र चिन्तित थिए, जेठ १२ देखि भारतबाट नागरिक ह्वात्तै भित्रिए कोरोना पनि त्यही गतिमा भित्रियो, नागरिकको चिन्ता पनि घट्दै गयो, ह्या केही हुँदैन भनेर कञ्चनपुरका नागरिक वेवास्ता गर्न थाले । हुँदाहुँदै कञ्चनपुरमा अढाई महिनाको अवधिमा पाँच सय भन्दा बढिमा कोरोना देखियो, तब नागरिकमा चिन्ता घट्दै गएको छ । कतिपयले लकडाउन उलङघन गर्दै गएपनि ।

लकडाउन उलङघन मात्र नभई राज्यले बर्जित गरेका विषय तस्करीमा पनि संलग्न भए । नागरिक समाज कञ्चनपुरले कोरोनाबाट बाँच्नका लागि स्वय व्यक्ति व्यक्ति सचेत हुनुपर्ने बताए । नागरिक समाज कञ्चनपुरका सचिव प्रभुनिधी पन्तले नागरिकमा वेवास्ता बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढ्दै गएको बताए । ‘हामी विश्व स्वास्थ्य संगठन एव स्वास्थ्यकर्मीले भनेका विषय पालना गर्दैनौँ, ‘उनले भने, ‘साना साना त्रृटीका कारण आज कञ्चनपुर भयाभहको स्थितिमा पुग्दैछ ।’ विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाईनमा राख्नुपर्ने बताउदै उनले आफैले गरेको गल्तीका कारण आफै कोरोनाको शिकार बनिरहेको बताए । यसैसाता कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा एक दाम्पत्ती सहित जिल्लाभरी २३जनामा कोरोना पुष्टी भएको छ ।

कृष्णपुर नगरपालिका २का अध्यक्ष जय नारायण जोशीले विदेशबाट आएका एक दाम्पत्तीमा कोरोना देखिएको बताए । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था समान्यछ । महाकाली अस्पतालमा मात्रै सयौँ कोरोन संक्रमित निको भएर घर गईसकेका छन् । भने फेरी संक्रमित आउँनेक्रम जारी छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले संक्रमित निको भएर आउँदै जाँदै गरेको बताए । अध्यक्ष जोशीले कोरोनाबाट बाँच्नका लागि सबैले आ–आफ्नो ठाँउबाट सचेत हुनुपर्ने सुझाव दिए । लकडाउन खुलेको भन्दै किशोरकिशोरीले अनावश्यक मोटरस्कुटी हाक्ने प्रवृतिले समेत एकातिर कोरोना जोखिम अर्कातिर दुर्घटना निम्तिएको छ।

ताजा समाचार