आमको रुखमा लोपोन्मुख अंजिङगर फेला

कञ्चनपुरको उत्तरी चुरे भेगमा एक स्थानीयको बारीमा रहेको आमको आरुखमा लोपोन्मुख अंजिङगर फेला परेको छ । बेदकोट नगरपालिका वडा न. ८ गाउजीका स्थानीय मान प्रशाद भट्टको आमको रुखमा अंजिङगर फेला परेको हो ।

डिभिजन वन कार्यालय सुरक्षा शाखा प्रमुख अर्जुन थापाले रुखमा फेला परेको अजिङगर ८ फिट ७ इन्च लामो र साढे आठ किलो तौलको रहेको बताए ।

रुखबाट फेला परेको अंजिङगर उद्दार गरि मगलबारै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छाडिने छ । अंजिङगर चुरेबाट गाँउपसेपछि स्थानीय त्रसित भएका छन् ।

ताजा समाचार