संसद धामीको पहलमा छेला औद्योगिक क्षेत्रको काम बढि बढ्दै

प्रतिनिधी सभा सदस्य(संसद) नर बहादुर धामीको निरन्तर पहलमा कञ्चनपुरको छेला औद्योगिक क्षेत्रको काम अघि बढेको छ । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बेदकोट नगरपालिका २ र ३मा बन्ने छेला औद्योगिक क्षेत्रको काम अघि बढाउन संसद धामीले अथक प्रयास थालेका हुन् । संसद धामी निकट नेकपाका नेता एव स्थानीय जनप्रतिनिधीले ६.५० अर्ब लगानीमा निर्माण हुने राष्ट्रिय गौरबको योजना अघि बढाउन संसद धामी निरन्तर स्थानीयदेखि केन्द्रसम्म पहल कदमीमा रहेका थिए ।

संसद धामीकै पहलमा वन मन्त्रालयमा रोकिएको बेदकोट छेला औद्योगिक क्षेत्रको वातावरणी प्रभाव मुल्याङकन प्रतिवेदन(ईआईए) स्वीकृत गरिएकोछ । वन तथा वातावरण मन्त्रालयले रुख काट्न अनुमति नदिँदा छेला औद्योगिक क्षेत्रको सञ्चालन कार्य अवरुद्ध थियो । सरकारले पछिल्लो पटक सूदूरपश्चिम प्रदेश औद्योगिक क्षेत्र घोषणा गरेको यो क्षेत्रलाई २०५१ मा औद्योगिक क्षेत्र बनाउने घोषणा गरिएको थियो । औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक र राष्ट्रिय वन क्षेत्रका कारण अढाई दशकसम्म छेला औद्योगिक क्षेत्र अन्यौलमा रहेको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको आग्रहमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले यसलाई प्राथमिकता दिएर सञ्चालनको बाटो खोलि दिएका छन् । यस अघिका वन मन्त्रीले रुख कटानीको समस्या देखाउँदा औद्योगिक क्षेत्र सञ्चालन अन्यौलमा थियो । कञ्चनपुर क्षेत्र नं। २ का साँसद नर बहादुर धामीले वन तथा वातारण मन्त्रालयबाट इआईए प्रतिवेदन स्वीकृत भएपछि वर्षौैदेखिको औद्योगिक क्षेत्र सपना सार्थक हुने अवस्थामा पुगेको बताए । ‘यो मेरो चुनावी एजेण्डा मात्रै थिएन, त्यस क्षेत्रका सुदूरपश्चिम क्षेत्रका जनताको वर्षौदेखिको माग थियो’ साँसद धामीले भने,‘अहिले सत्तारुढ नेकपाको सरकारले जनताको त्यो माग सार्थक बनाएको छ, त्यसका लागि सरकारलाई धन्यवाद दिन चाहन्छु ।’ उनले औद्योगिक क्षेत्र सञ्चालन भएपछि सुदूरपश्चिम क्षेत्रको आर्थिक विकासलाई टेवा पुग्ने बताए ।

‘उद्योगधन्दा चल्छन्, रोजागरी सिर्जना हुन्छ’ उनले भने,‘सुदूरपश्चिम समृद्धि हुन्छ ।’ सत्तारुढ नेकपाका नेता लेखराज भट्ट उद्योग, आपूर्ति तथा बाणिज्य मन्त्री भएका बेलामा छेला औद्योगिक क्षेत्र सञ्चालन प्रक्रिया अघि बढेको हो । सत्तारुढ नेकपाकै नेता दामोदर भण्डारी अर्थ राज्यमन्त्री भएको बेलामा यसलाई प्रदेशको औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । कञ्चनपुर क्षेत्र नं। २ का साँसद धामी स्वकीय सचिव अर्जुन भट्टले छेला औद्योगिक क्षेत्रमा साँसद धामीले चुनावपछि निरन्तर पहल गरेको बताए । ‘यसमा साँसदज्यूको निरन्तर पहलकदमी रह्यो’ उनले भने,‘अब सञ्चालनका लागि आवश्यक अन्य कार्य गर्न वहाँ सक्रिय रुपमा लाग्नु हुन्छ ।’ तीन वर्ष अघिको निर्वाचनमा छेला औद्योगिक क्षेत्र सञ्चालन गर्ने साँसद धामीको प्रमुख चुनावी एजेण्डा थियो ।

ताजा समाचार