सुदूरपश्चिम प्रदेशको कञ्चनपुर स्थित शुक्लाफाँटा नगरपालिका वडा नं ८ का वडाध्यक्ष महरा माथी आक्रमण गर्ने ५ जना युवाले पार्टिमा संलग्न नरहेको खुलासा भएको छ। वडा कार्यालयमा वडा अध्यक्ष बहादुर सिँह महरामाथि साउन ११ गते बिहान भएको सांघातिक आक्रमणमा सहभागि नेपाल तरुण दलका केहि युवाहरुले आत्मआलोचना गर्नुका साथै माफी मागेका छन् । भने विवादले नयाँ मोड लिएको छ।

शुक्लाफाँटा नगरपालिका वडा नं ८ का तरुण दलका सभापति नारद ठगुन्ना लगायतको समुहमा संलग्न केहि युवाहरुले आत्मआलोचना गर्दै विज्ञप्ती जारी गरेका छन् । आत्मआलोचना गर्नेमा आनन्द ठगुन्ना, नविन ठगुन्ना, कम्मान ठगुन्ना, बशन्त ठगुन्ना, लोकेन्द्र ठगुन्ना रहेका छन् । जसमा ५ जना सलग्न व्यक्ति थिए भने २ जना कृष्णसिँह ठगुन्ना र नरेन्द्र ठगुन्ना अभिभावक हुन् उक्त विज्ञप्तीमा भनिएको छ “घटना भएको दिन हमला नै गर्ने उद्देश्यका साथ वडा कार्यालयमा नै नभएको र त्यहाँ पुगेपछि एका- एक घटना घटेको हो र हामीहरु लाई प्रहरीले नियन्त्रणमा लिइयौँ ।
हामी प्रहरी हिरासतमा रहेको बेलाको मौका छोपी हाम्रा नाममा नेपाली कांग्रेस आवद्ध तरुण दलले हाम्रो पार्टी कार्यकर्ता भनी गरेको राजनीतिप्रति हामी खेद प्रकट गर्दछौँ ।” साथै ७ जनाले नै तरुण दलमा आवद्ध नरहेको र आगामी दिनमा पनि उक्त पार्टीमा आवद्ध नरहेने कुरा उल्लेख गरेका छन् ।
