गाउँटोलका बाटाघाटा सुधार्न युवा अग्रसर हुँदै

कञ्चनपुरको एउटा स्थानीय तहमा आफ्नै गाउँटोल सुधार्न वा सकारात्मक कार्यमा युवाहरु अग्रसर हुँदै गएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरसको एका तिर त्रास रहेको यो विषम परिस्थितिमा बेदकोट नगरपालिका वडा न. २ चादनी टोलका युवाहरु आफ्नो गाउँटोलमा रहेका बाटाघाटा सुधार्नमा अग्रसर बनेका छन् । बर्खा याममा निरन्तर बर्षा हुँदै गए पछि आफ्नो स्थानीय तहका बाटा घाटामा हिलामय ,खाल्डाखुल्डी र ठाउँ ठाउँमा पानी जम्नुका साथै आवतजावत गर्नमा असहज भएको कारण सहजीकरण होस् भन्ने मुख्य उद्देश्यका साथ उक्त कार्यको थालनी गरेको र कसैको बजेटको मुख ताक्नु भन्दा युवा साथिहरु एक जुट भएर आफ्नो गाउँठाउ को बिकासका लागि सकारात्मक काम कार्यमा अग्रसर भएर लाग्नु पर्ने हुन्छ। स्थानीय युवा दिनेश कुमार सिंहले बताए।

उनले भने ‘स्थानीय युवाहरु को एक रुपताका साथ वर्षातको बर्खे भेलले बाटोमा बनाएका खाल्डाखुल्डी पुर्ने सानो प्रयास गरेका छौ। ठुलो खाल्डा भरानका लागी वार्ड समिति संग समन्वय गर्ने छौ।सानो सानो कार्यको लागी माथिल्लो निकाय ( वार्ड समिती, मेयर, सांसद) हरुको मुख ताकेर मात्रै समस्याको समाधान नहुने रैछ भन्ने गतिलो उदाहरण बन्न सक्छ । युवाहरु मिले जुनसुकै कार्य पनि सरल तरिकाले गर्न सकिदो रहेछ।’ आगामी दिनमा सकारात्मक कार्यका लागि निरन्तर सहभागी र सहकार्यका लागि सम्पुर्ण युवाहरूलाई अझै यस्तै अपेक्षा समेत गरेको छु र सम्पुर्ण युवा साथिहरु लाई एक मुष्ठ धन्यवाद समेत दिएका छन् ।

अहिलेको यो आपत्कालिन समयमा आफू र आफ्नो गाउँठाउको बिकासका लागि युवाहरु को अतुलनीय भुमिका रहनुका साथै आवश्यकता समेत रहेको उक्त कार्यले प्रष्ट देखाएको छ। साथै बिरोध मात्रै होइन राम्रो कामको सम्मानका साथ सामाजिक कार्यमा अग्रसर रहेका युवाहरु को मुल्यांकन संगै उत्प्रेरित गराउनु पर्ने जरुरी छ् ।

ताजा समाचार

This will close in 10 seconds