ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ

कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाट क्षेत्रबाट लागु औषध ब्राउन सुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् आइतबार नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान सहयोग टिम(आरआईटी) र इलाका प्रहरी कार्यालय बेलडाँडीको संयुक्त टोलीले सडकघाट क्षेत्रबाट भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरिएको हो ।

नेपाल तर्फ बेच्न ल्याईरहेको अवस्थामा भारतीय नागरिकको साथबाट ब्राउन सुगर सहित बरामद गरि उनीहरुलाई पक्राउ गरिएको थियो । आरआईटीका प्रहरी सहायक निरीक्षक पदम थापाले भारतको पिलिभित कम्भोजनगर पतैयाका गोबिन्द सिह राजबिर सिहलाई पक्राउ गरिएको बताए । पक्राउ गरिएका दुवै जना भारतीय नागरिक इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ ।

भारतीय नागरिककै कारण नेपाली युवक लागु औषधमा संलग्न भएकाले लागु औषधका तस्कर पक्राउ परेपछि सीमा क्षेत्रमा लागु औषधको तस्करी गर्ने त्रसित भएका छन् ।

ताजा समाचार

This will close in 10 seconds