कैलाली जिल्ला फुटबल संघद्वारा राहत वितरण

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला फुटबल संघद्वारा खेलाडी लाई राहत वितरण गरिएको छ। विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकार देशभर लगाएको लकडाउन बन्दा बन्दिको समयमा खेलकुद क्षेत्र देखि लिएर सम्पुर्ण काम कार्यमा प्रभावित पर्न गएको समयलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघले राहत बाँडेको हो ।

(एन्फा) को कार्यक्रम अनुसार फिफाको आर्थिक सहयोगमा कैलाली जिल्ला फुटबल संघको आयोजनामा कैलाली जिल्ला फुटबल संघ संग आवद्ध जिल्लाका १९ वटा क्लबका खेलाडी लाई राहत हस्तान्तरण गरेको हो। कोभिड – १९ संक्रमणका कारण आर्थिक समस्यामा परेका खेलाडीहरुलाई एन्फाले पठाएको ७५ हजार रुपैयाको राहत स्वरुप वितरण गरेको हो ।

शनिवार एक कार्यक्रमको आयोजना गरि १९ जना खेलाडीहरु एक अन्तर्राष्ट्रिय महिला खेलाडी लगायत २० जना लाई संघका कार्यवाहक अध्यक्ष अनिल मल्लको अध्यक्षतामा राहत रकम हस्तान्तरण गरिएको फुटबल संघले जानकारी दिएको छ। फुटबल संघका कार्यबाहक अध्यक्ष अनिल मल्लको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा संघका उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष, सचिब लगायत कार्य समितिका सदस्यहरु लगायत खेलाडीको उपस्थित रहेको थियो ।

 

ताजा समाचार