यसपालि आउदैछन अछामी बड्डो तरुनो भएर

कंचनपुर
बड्डोका रुपमा परिचित अब अछामी बड्डो अव तरुना भएर दर्शक माझ देखिने भएका छन । लोकसंगीतको क्षितिजमा आफ्नो बेग्लै पहिचान बनाउन सफल राष्ट्रकै लोकप्रिय लोकदेउडा गायक लालबहादुर धामीले सुदूरपश्चिमेलीहरुको महान उत्सव गौराको सुअवसर पारी नयाँ लोकदेउडा गीत बजारमा ल्याउने तयारी गर्दैछन् । सबैको मन छुन सफल गायक धामी अहिले नयाँ गीतको छायाङ्कनमा व्यस्त रहेको वताए ।


कोरोनाका कारण विश्वकै गीत संगीतकर्मीहरुलाई असर परिरहेको बेला उनले ‘मास्टर कि छोरी’ बोल को टिपिकल डोटेली भाकाको डेउडा गीत पस्किन लागेको वताए । गायक धामीका अनुसार सो गीतमा उनलाई स्वरमा लोकगायिका टिका पुनले साथ दिएकी छन्, शब्द संगीत राजेन्द्र शाह (विपि) ले गर्नु भएको छ, यस्तै सो गीतको निर्देशन भीम थापाले गर्नु भएको हो भने क्यामेरा डिभी रैहुले र एरेन्जर विनोद वाजुरेलीले गर्नुभएको हो । अभिनयमा गायक धामी सहित सिमा खड्का, लक्ष्मण अधिकारी,र टिकटकमा भाईरल भएका बुढा राम वहादुर खत्री लगायतले अभिनय रहेको छ ।

उनले दर्शकहरुले यसपूर्व पाउदै आएको माया, साथ सहयोग प्राप्त हुने भरपुर विश्वास लिएको बताए । यस पूर्व नै उनको सुमधुर स्वरमा स्वरबद्ध चर्चीत गीतहरु यो अछामी बड्डो, डोटिकी छोरेट्टी, नाच बड्डो नाच, बड्डो आयो डिजेमा, लगायतका देउडा गीतहरु सुपर हिट भै सकेका छन् साथै ति गीतहरुमा गायक धामी स्वयमले अभिनय गरेका थिए । अहिले बजारमा ल्याउन लागेको देउडा गीतमा समेत उनकै बेजोड अभिनय साथै लोकदेउडा पारखीले अछामी बडडोलाई जवान भएर मास्टरको छोरी पटाउने अभिनयमा हेर्न पाउने भएका छन् । यसअघिको भन्दा केही पृथक शैली र प्रस्तुतिसँगै दर्शकले भरपुर मनोरंजनको महसुस गर्ने अपेक्षा गायक धामीले राखेका छन् । सुदूरपश्चिमको लोक संस्कृतिको थप उजागर पार्न यस्ता खाले गीत संगीतको भूमिका महत्वपूर्ण हुने अछामी वड्डो वताउनुहुन्छ ।

गायक धामी कंचनपुरका कुशल संचारकर्मीका रुपमा सुपरिचित हुनु हुन्छ भने उनको रेडियो कार्याक्रम भुटनभाटन एकदमै रुचाईएको कार्याक्रम मध्ये पर्छ । देशका विभिन्न स्टेजमा समेत माग बढ्दै गएका गायक धामीका प्राय:जसो गीतहरुले दर्शक तथा स्रोतहरुको मन लोभ्याउने गरेका छन् ।

 

ताजा समाचार