बेदकोटमा नेकपा र राप्रपाबाट काँग्रेसमा प्रवेस गर्नेलाई स्वागत

नेपाली काँग्रेस बेदकोट नगर कार्य समितिले राप्रपा, नेकपा, लगायतका विभिन्न पार्टीबाट प्रवेस गर्नेलाई स्वागत गरिएको छ । काँग्रेस बेदकोट नगर सचिव दिलिप कुँवरले तोयराज पन्त नेतृत्वमा १ सय ३८ राप्रपाबाट र नेकपाका दिपक ओड सहित ६३ जनाले काँग्रेस प्रवेस गरेको बताए ।

उनीहरुलाई शनिबार बेदकोट नगर कार्य समितिले पार्टीमा स्वागत गरेको सचिव कुँवरले बताए । नेकपा नगर पार्टी सभापति पुष्पराज भट्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति बहादुर सिह थापा, पुर्व संसद बलदेव बोहरा, पार्टी सभापति हरि प्रशाद बोहरा लगायतका नेताले स्वागत गरेका थिए । उनीहरुलाई खादा ओढाउँदै माला लगाएर पार्टी प्रवेस गराएका छन् ।

काँग्रेस प्रवेस गरेका नेकपाका कार्यकर्ताले कम्युनिष्टका नाममा केही सीमित जनप्रतिनिधी कमाउनिष्ट भए र राप्रपाबाट प्रवेस गर्नेहरुले राजावादीको पुच्चर भएको कुनैपनि राप्रपाको काम नभएको प्रतिकृया दिएको काँग्रेस बेदकोटका नेताहरुले बताएका छन् । काँग्रेस प्रवेस गरेकाहरुले आगामी निर्वाचन काँग्रेसको पक्षमा जिताउन पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

ताजा समाचार