बेलौरीको महाकाली माविको अध्यक्षमा बोहरा

विद्यालयमा ३१ बर्ष प्रअ भएका बोहरा अध्यक्ष भए

कञ्चनपुर बेलौरीको चर्चित महाकाली माध्यामिक विद्यालयको अध्यक्षमा समाजसेवि शिक्षाप्रेमी प्रेमसिह बोहरा चयन भएका छन् । अभिभावकबाट छानिएका शिक्षाप्रेमी बोहरा बहुमतबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनिएका हुन् ।

बोहरा सोही विद्यालयको लामो समयसम्म प्रधानाध्यापक भएर काम गरेका थिए । बोहराले विस २०३१ देखि ०६२ सम्म ३१ बर्ष निरन्तर प्रअ भएर विद्यालयको शैक्षिक स्तरबृद्धि गरेका थिए । ४० बर्ष ६ महिना ३ दिन शिक्षण पेशामा थिए । प्रअ पद सहित शिक्षण पेशाबाट सेवानिव्रत बोहरा पुन १५बर्षमा सोही विद्यालयको अध्यक्ष भएपनि विद्यालयको विकासमा अपेक्षा गरिएको छ ।

अध्यक्षमा चयन भएका बोहराले शैक्षिक गुणस्तरका साथै विद्यालयको भौतिक विकासमा जोडदिए । उनले समाजले पुन दिएको जिम्मेबारी र विश्वास जोगाएर विद्यालयको चौतर्फि सम्बृद्धि गर्ने प्रण गरेका छन् ।

ताजा समाचार