कञ्चनपुर जिल्ला फुटबल संघ द्धारा राहत वितरण

कञ्चनपुर जिल्ला फुटबल संघ द्धारा राहत वितरण गरिएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरस लाई रोकथाम तथा नियन्त्रणको लागि देशव्यापीमा लगाइएको लकडाउन बन्दा बन्दीमा सम्पुर्ण खेलकुद क्षेत्रदेखी लिएर काम कार्य प्रभावित भएको समयलाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्थिक सहयोगमा फुटबल संघ कञ्चनपुरको आयोजनामा खेलाडी ,प्रशिक्षक र निर्णायक (रेफ्री) हरु लाई राहत वितरण गरिएको हो। विषम परिस्थितिमा खेलाडीहरु , प्रशिक्षक ,रेफ्री लाई कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द,को अध्यक्षतामा शुक्रबार एक कार्यक्रमका साथै राहत वितरण गरिएको कञ्चनपुर फुटबल संघका महासचिव रमेश चन्दले बताएका छन।

उनका अनुसार अखिल नेपाल फुटबल संघ( एन्फा) को ७५ हजार र चन्दाज गोटफाम द्धारा तीन हजार आर्थीक सहयोगका साथ पाँच वटा राष्ट्रिय खेलाडी ,पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका खेलाडी एक जना गरि २३ जनालाई ७८ हजार रकम हस्तान्तरण गरिएको हो। राहत वितरण कार्यक्रमका सभापति कञ्चनपुर फुटबल संघका अध्यक्ष गणेश चन्द,प्रमुख अतिथि कबडीका मुख्य प्रशिक्षक तारा सिंह भाट,अतिथिमा भलिबलका प्रशिक्षक जगदीश प्रसाद भट्ट ,फुटबल संघका सल्लाहकार चित्राङ्ग थापा,लिलाध्वज बस्नेत ,गोबिन्द स्वार,फुटबल संघका सम्पुर्ण कार्यसमिति लगायत खेलाडीहरुको सहभागिता रहेको थियो।

ताजा समाचार

This will close in 10 seconds