जनप्रतिनिधीले आफ्नो सुविधाबाट गाँउमा खेलकुद समाग्री सहयोग गरे

शुक्लाफाँटा नगरपालिका २ का जनप्रतिनिधीले आफुले पाउने सुविधाबाट वडाको खेलकुद विकासका लागि खेल समाग्री सहयोग गरेका छन् । २ नम्बर वडाका अध्यक्ष शिवराज पनेरु सदस्य मोहन बहादुर डगौरा, लाल ब. धानुक, रत्ना डगौरा र शान्ति देवी दमाई पाँच जना जनप्रतिनिधीले पाएको सुविधाबाट खेल समाग्री सहयोग गरेका हुन् ।

वडाध्यक्ष शिवराज पनेरुले दुई हजारले दरले रकम संकलन गरेर १० हजार ७ सय ५० रुपैया बराबरको खेलकुद समाग्री खरिद गरेर रानिपुर यूनाईटेड क्बलाई हस्तन्तरण गरिएको छ । ब्याट, क्रिकेट लेदर, ग्लोब्स, फुटबल सहितका समाग्री रानिपुर युनाईटेड क्लबका अध्यक्ष नरेन्द्र सिह धामीलाई हस्तान्तरण गरिएको छ ।

जनप्रतिनिधीले आफ्नो सुविधाबाट खेलकुद समाग्री सहयोग गरेपछि रानिपुर युनाईटेड क्लबका अध्यक्ष नरेन्द्र सिह धामीले खेलकुद विकासका लागि जनप्रतिनिधी भूमिका रहेको बताए । रानिपुर खेलकुद मैदानमै खेल समाग्री हस्तान्तरण गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds