दोधारा चाँदनीमा सशस्त्र प्रहरीद्धारा भारतबाट ल्याउदै गरेका एक हजार कुखराका चल्ला नष्ट

पप्पु गुरुङ्ग, दोधारा 

माहाकाली नगरपालिकामा भारतबाट अबैधरुपमा नेपाल भित्र्याउदै गरेको झण्डै एक लाख बराबरको कुखुराको चल्ला सशस्त्र प्रहरीले नष्ट गरेको छ् । आज बिहान सशस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल बोडर आउट पोष्ट बैलबन्दका प्रहरी निरिक्षक अर्जुन कुवरको टोलीले भारतिहरुले अबैधरुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा गडिगोठ ईलाकाबाट कुखुराका चल्ला बरामद गरेको बताईएको छ् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल बोडर आउट पोष्ट बैलबन्दका प्रहरी निरिक्षक अर्जुन कुवरको गस्ती टोलीले सिमावर्ती भारतिय बजारबाट ल्याउदै गरेको अवस्थामा एक हजारको संख्यामा कुखुराको चल्ला बरामद गरेको हो । चल्ला चोरी निकासी गरी भारतबाट नेपाल ल्याउदै गर्दा कारोबारीले  प्रहरीको गस्ती टोलीलाई देखेपछि वेवारिसे अवस्थामा छाडी भागेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल बोडर आउट पोष्ट बैलबन्दका प्रहरी निरिक्षक अर्जुन कुवरले बताएका छन् । सशस्त्र प्रहरीले जनप्रतिनिधी, स्थानियहरुको रोहबरमा कुखुरा सशस्त्र प्रहरी सिमा सुरक्षा बल नेपाल बोडर आउट पोष्ट बैलबन्द नजिक नष्ट गरिएको हो ।

ताजा समाचार