निर्मला प्रकरण : एसपी डिल्लीराज विष्टसमेत आठै प्रहरीले पाए सफाई

महेन्द्रनगर
२०७५ साउन १० गते हराएकी निर्मला पन्त साउन ११गते मृत्य अवस्थामा भेटिएकी थिईन ।

त्यसको लगतै केही दिनमा भीनपा १९ बाँगफाटा निवासी दिलीप विष्टलाई पक्राउ ग¥यो, उनको डिनए नमिले पछि रिहाई भएका दिलिप विष्टलाई थुनामा रहदाँ याताना दिएको भनी दिलीप विष्टका दाई खड्क विष्टले एसपी डिल्लीराज विष्टसमेतका आठैजनाको नाममा किटानी जाहेरी दिएका थिए । उक्त किटानी जाहेरीको जिल्ला अदालत कञ्चनपुरले आज फैसला सुनाएको छ ।

निलम्बनमा परेका आठै प्रहरीबिरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट र दिलिपका दाजु खडकसिंह विष्टले यातना बिरुद्धको उजुरी दिएका थिए ।

निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका तत्कालिन एसपी डिल्लीराज विष्टसमेतका आठैजना प्रहरीले सफाई पाएका छन् ।कञ्चनपुर जिल्ला अदालतले भर्खरै सो फैसला गरेको हो । फैसला सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।

सफाई पाउनेमा एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी रहेका छन् । जिल्ला आदालत कञ्चनपुरले बिहिबार उनीहरुलाई सफाई दिएको हो ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिए ।

ताजा समाचार