भीमदत्त नगरका कोरोना बिरामीको महाकाली अस्पतालमा उपचार

पछिल्ला दिनमा कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ

भीमदत्त नगरपालिका क्षेत्रका कोरोना बिरामीको महकाली अस्पताल उपचार भईरहेको छ । भारतबाट फर्किका एक महिला सहित पाँच जनामा कोरोना देखिएपछि उनीहरुको महाकाली अस्पतालमा उपचार भईरहेको हो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले पाँचै जनाको आईसोलेशनमा उपचार भईरहेको बताए । यस अघि महाकाली अस्पतालमा भर्ना भएका दुई सय भन्दा बढि कोरोना संक्रमितको उपचार भईसकेको छ । पछिल्ला दिनमा कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

ताजा समाचार

This will close in 10 seconds