एक बर्षमै सृजनशिल सहकारी द्धारा ६४ लाख नाफा आर्जन

कञ्चनपुर 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी स्थीत सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले आब ०७६/७७ को असार मसान्त सम्म रु ६४ लाख ७३ हजार ५६ नाफा आर्जन गरेको छ । बचत रकम, सामाजिक र व्यवसायीक कर्जा लगानी बाट आएको व्याजबाट सहकारीले नाफा आर्जन गरेको हो । आब ०७५/७६ मा सहकारीले रु ५८ लाख ४५ हजार चार सय १२ नाफा आर्जन गरेको थियो । जुन आब आब ०७५/७६ को तुलनामा आब आब ०७६/७७ मा रु छ लाख २७ हजार छ सय ४४ले बढी रहेको छ ।

सहकारीले आब ०७६/७७ मा रु छ करोड छ लाख ९६ हजार चार सय १७ रकम आम्दानी गरेको छ । जुन आब ०७५/७६ को तुलनामा रु एक करोड ७५ लाख १४ हजार पाँच सय ३६ ले बढी रहेको छ ।सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टका अनुसार सहकारीमा आवद्ध सदस्यहरुको आय आर्जनमा बृद्धि गर्नका लागि आयमुलक कार्यक्रमका लागि आब ०७६/७७ मा रु ३३ करोड ३२ लाख १८ हजार चार सय ११ रकम लगानी गरिएको छ । जुन गत आबको तुलनमा रु सात करोड ४४ लाख ३८ हजार पाँच सय १९ ले बढी रहेको छ । सहकारीको असुली दर आब ०७५/७६ मा ९९ दशमलव ८६ प्रतिशत रहेकोमा आब ०७६/७७ मा ९९ दशमलव ५४ प्रतिशत रहेको छ ।

कारोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण असुली दरमा गत आबको तुलनामा शुन्य दशमलव शुन्य पाँच प्रतिशत दरले कमी आएको कार्यकारी प्रमुख भट्टले बताउनु भयो । आब ०७५/७६ मा चार हजार पाँच सय २१ जनाले सहकारीबाट व्यवसाय सञ्चालनका लागि ऋण लिएका थिए । आब ०७६/७७ मा चार हजार पाँच सय ६८ जनाले ऋण लिएका छन । सहकारीमा आब ०७५/७६ मा रु १६ करोड २० लाख ३२ हजार चार सय ४९ रकम बचत रहेकोमा आब ०७६/७७ मा बढेर रु १९ करोड २७ लाख ९६ हजार तीन सय १७ पुगेको छ ।

सहकारीको शेयर पूजिँ आब ०७५/७६ मा रु एक करोड ८८ लाख ५४ हजार एक सय रहेकोमा आब०७६/७७ मा बढेर रु एक करोड ९७ लाख २६ हजार पाँच सय पुगेको छ । सहकारीले दुई सय ५९ केन्द्र माफर्त बचत रकम संकलन गर्दै आएको छ । सहकारीमा आब ०७५/७६ मा सदस्य संख्या नौ हजार छ सय ६९ रहेकोमा आब ०७६/७७ मा बढेर १२ हजार पाँच पुगेको छ । सहकारीको बजेट विश्लेषण अनुसार चालु आबमा रु ६६ करोड ६५ लाख पाँच हजार रकम आम्दानी हुने अनुमान गरेको छ ।सहकारीमा आवद्ध कृषि पेशामा संलग्नहरुको दक्षता अभिबृद्धिका लागि कृषि परियोजना सञ्चालन गरी आत्मनिर्भर बनाउने लक्ष्य राखेका छौं कार्यकारी प्रमुख भट्टले भन्नु भयो, “कृषिमा आधुनिक प्रविधिको पहुँच संगै कृषिका आधुनिक तौर तरिका सिकाउने र उन्नत बीउको प्रयोगमा जोड दिई उत्पादकत्व बृद्धि गर्ने योजना छ ।”
ग्रामीण क्षेत्रका महिलाहरुका लागि सीपमुलक तालिम संगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्नका लागि योजना बनाईएको उहाँको भनाई रहेको छ ।

विसं २०६५ सालमा २५ जना उत्साहीत युवाहरुले रु एक लाख ३२ हजार शेयर पूँजिबाट विधिवत रुपमा दर्ता गरी सञ्चालनमा ल्याएको सहकारी जिल्लामै उत्कृष्ट रहेको छ । जिल्लाका बाणि, झलारी, महेन्द्रनगर, बेलौरी, पुर्नवास, बेलडाँडी र दैजी लगायतका क्षेत्रबाट सहकारीले वित्तिय सेवा प्रदान गर्दै आएको छ । सहकारीले इ बैंकिङ सेवा समेत सञ्चालन गर्दै आएको छ ।

ताजा समाचार