वडाध्यक्षमाथि साँघात्मिक हमला प्रकरण शुक्लाफाँटा नगर ८ नम्बर वडा कार्यालयको कामकाज शुचारु

कञ्चनपुर
काँग्रेस निकट नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको समुहले शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्षमाथि कार्यकक्षकै साँघात्मिक हमलाका साथै कार्यालय तोडफोड गरेपछि अशुरक्षाका कारण बन्द गरिएको कामकाज पुन शुचारु भएको छ । वडाध्यक्ष महरामाथि कायकक्षमै आएर गुण्डाशैलीमा हमला भएपछि उनी वडा कार्यालय असुरक्षाका कारण कामकाज बन्द भएको थियो ।
उपचार गरेर वडाध्यक्ष घर फकिएपछि बुधबारदेखि नियमित कामकाज शुचारु भएको हो । वडा कार्यालयले सुचना जारी गर्दै नियमित कामकाज शुरु भएको जनाएको छ । वडाध्यक्ष महरामाथि हमाला गर्ने दरुण दलका सभापति ठगुन्ना सहित ७जना बिरुद्ध उपद्रोप मुद्दा लागेको छ ।
उनीहरुलाई छुटाउन काँग्रेस नेता कार्यकर्ता लागेका छन् । भने वडाध्यक्षमाथि हमला गरेको बिरोधमा स्थानीय एव पशु व्यवस्थापनमा खटिएका कर्मचारीले छाडा पशु नगरपालिका हुलिदिएका छन् । छाडा पशु चौपाया व्यवस्थापन कसले गर्ने भन्ने बारेमा अन्यौलता छाएको छ । काँग्रेसबाट उत्पन्न घटना काँग्रेसकै नगर प्रमुख दिल बहादुर ऐरले व्यवस्थापन गर्न सकेका छैनन् ।

ताजा समाचार