प्राडा कलौनी सुपबि मानबिकिको डिनमा नियुक्त

झण्डै ६ महिना देखि रिक्त रहेको सुदुरपश्चिम बिश्वबिद्यालयको मानविकी तथा समाजशास्त्र संकायको डिनमा प्राध्यापक डा.मुकुन्द कलौनी आज (बुधबार) नियुक भएका छन् ।

वि.सं. २०४१ साल श्री कृष्ण माध्यमिक विद्यालयक पाटन, वैतडी बाट अध्यापन शुरु गर्नु भएको कलौनीले शिक्षण पेशालाई निरन्तर दिदै २०४५ चैत्र १३ गते बाट शिद्धनाथ बहुमुखि क्याम्पसमा अध्यापन गर्नु भयो भने सुपको पहिलो क्याम्पस प्रमुखको रुपमा पनि डा. कलौनिले कार्य गरिसक्नु भएको छ। भीमदत्त नगरपालिका–१८मा बस्दै आउनु भएका कलौनीले राजनीतिक विज्ञान र समाजशास्त्रबाट स्नातकोत्तर गर्नु भएको छ भने नेपालको प्रजातान्त्रिक आन्दोलनमा माहाकाली अञ्चलको भुमिकामा पि.एच डीको उपाधि हासिल गर्नु भएका कलौनी सरल र मिजासिला स्वभावका हुनुहुन्छ ।

शिक्षण पेशाको दौरान वहाँले समय समयमा विभिन्न पुरुस्कार पनि प्राप्त गर्नु भयो । वि.स. २०५५ र २०६६ मा शिद्धनाथ बहुमुखी क्याम्पस बाट उत्कृष्ट शिक्षक अवार्ड प्राप्त गर्न सफल हुनु भयो, २०६४ सालमा नेपाल सरकार बाट नेपाल विद्या भुषण ‘क’ पाउन सफल हुन भयो भने २०७२मा राष्ट्रिय शिक्षा पुरुस्कार बाट सम्मानित हुनु भयो । वहाँले विभिन्न पुस्तकमा सम्पादक भएर कार्य गर्नु भएको छ भने समय सयम पत्रपत्रिकामा लेख रचना लेखनुको साथै पुस्तक प्रकासन पनि गर्नु भएको छ । हिन्दु धर्म मान्ने कलौनी वहाँले विभिन्न धार्मिक तथा योग कार्यमा आफै संलग्न भएर कार्य गर्नु भएको छ ।

शैक्षिक क्षेत्रमा लामो अनुभव भएकोले वहाँले आफनो कार्यकाल सफल र सबैलाई समेटेर लाने वहाँका सहकर्मीहरु बताउछन् । सरल स्वभावका हसिला कलौनी मानविकी तथा समाजशास्त्र संकायको डिन भए पछि अब मानविकी तथा समाजशास्त्रमा आउने सम्स्याको हल गरी यस विभागको प्रगती तथा उन्नती हुने वहाँका सहकर्मीहरु बताउछन् । विद्यार्थीहरुको नजरमा पनि कलौनी सधै सरल स्वभाव र हसिला प्राध्यापकको रुपमा चिनिनु हुन्छ । विद्यार्थीहरुको विचमा बस्न रुचाउने कलौनी विद्यार्थीहरुको प्रिय प्राध्यापक पनि रहनु भएको छ । अंग्रेजी, हिन्दी, नेपाली र संस्कृत भाषामा अब्बल रहेका कलौनि पढन र समाज सेवा गर्न रुचाउनु हुन्छ ।

ताजा समाचार

This will close in 10 seconds