अप्पो मोवाईल काण्ड : मोबाईलबालासंग घुस माग्ने वडाका दुई प्रहरी अधिकृत कार्बाहीका लागि सिफारिस

पुष्कर भट्ट / कञ्चनपुर
लकडाउनले थलिएको अर्थतन्त्र उकास्न सरकारी गैर सरकारी भूमिमा आ–आफ्नो ठाँउमा महत्वपूर्ण हुन्छ । व्यवसायीले भन्सार शुल्क तिरेर कानुनी तरिकाले विदेशबाट समान ल्याउनुपर्छ, भन्सार तिर्नु व्यवसायको कर्तव्य हुन्छ, व्यवसायी वा कुनै तस्करले भन्सार नतिरिकनै ल्याएका समान पक्राउ गरेर भन्सार बुझाउनु प्रहरी लगायतका अधिकारप्राप्त निकायको प्रमुख जिम्मेबारी हो । साउन ५ बिहान ११ बजेतिर कञ्चनपुर महेन्द्रनगर वडा प्रहरीका कार्यालय मातहतको बसपार्क प्रहरी विटले भन्सार नकाटेका मोबाईल बरामद ग¥यो ।

बरामद गरेका मोबाईल बारे बसपार्क प्रहरीविटले वडामा जानकारी गराएपछि एकराती त्यही राख्यो । महेन्द्रनगरदेखि काठमाण्डौँ मोबाईल पठाउन लागेका व्यवसायि दिपक ठकुराठी९ठगुन्ना०लाई समेत प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाड्यो । बसपार्कमा बार्किनिङ्ग नमिलेपछि दोस्रो दिन वडा प्रहरी कार्यालयमा पठाईयो , वडामा व्यवसायीसंग ५० हजार घुस मागियो, नदिएपछि मात्रै ति २६ थान अप्पो कम्पनीका मोबाईल जिल्ला प्रहरी कार्यालय पठाईयो । वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख मोहन जंग बुडथापा र बसपार्क प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरीक्षक नरेन्द्र रोकायासंग जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अप्पो मोबाईल बरामद र भन्सार नकाटेका व्यवसायीसंग बार्किनिङ्ग बारे स्पष्टिकरण सोधेको प्रहरी स्रोतको बताए । अप्पो मोबाईल घुसकाण्डबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा नेतृत्वमा छानबिन समिति समेत बनाएको छ । साता वितिसक्दा पनि प्रहरीले बरामद गरेका मोबाईल भन्सार नबुझाएपछि कतै मोबाईल गायब भएका त छैनन्, भनेर आशंका गरिएको छ । भन्सार छलीमा प्रहरीको संलग्नता बारे यस घटनाले समेत छप्रस्ट गरेको छ ।

गैर कानुनी गतिबिधी रोक्नका लागि प्रहरी राखिन्छ, चाहिन्छ पनि तर, तिनै प्रहरी गैर कानुनी गतिबिधी गर्नेबाट घुस लिएर छाड्ने परम्पराले दण्डहिनता, तस्करी मौलाएको छ । भन्सार नकाटेका व्यवसायीसंग घुस माग्ने वडा प्रहरीका दुई प्रहरीलाई विभागिय कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सिफारिस गरेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता एव अप्पो मोबाईल काण्ड छानबिन समितिका संयोजक अमर बहादुर थापाले प्रहरी नियमावली अनुसार दुई जना प्रहरीलाई विभागिय कार्बाहीका लागि सिफारिस गरिएको बताए । ‘दुई जना प्रहरीलाई कार्बाहीका लागि सिफारिस गरेका छौँ, ‘प्रहरी प्रवक्ता थापाले भने, ‘नाम भन्न मिल्दैन, गलत गर्ने प्रहरीलाई कार्बाहीका लागि सिफारिस गरेका छौँ ।’
वडा प्रहरी कार्यालय महेन्द्रनगरमा जिम्मेबार प्रहरी अधिकृतलाई कार्बाहीका लागि सिफारिस गरिएको छ ।

जिल्लालाई समयमै खबर जाहेर नगरेका कारण विभागिय कार्बाही भनेपनि बार्किनिङ्गमा लिप्त भएपछि उनीहरुलाई कार्बाही गरिएको छ । यस्ता प्रहरीले बसपार्कमा हुने अवैध यौनधन्दा, गैर कानुनी गतिबिधी, तस्करबाट अवैध रकम लिएर दण्डहिनतालाई बल लिएको स्थानीयको बुझाई छ । घुस्याहालाई कडा कार्बाही गर्नुपर्ने स्थानीयको भनाई छ । घुस माग्ने प्रहरीमाथि अख्तियारले समेत छानबिन गर्नुपर्ने स्थानीयको माग छ । घुस्यारा प्रहरीको नाम सार्वजनिक गर्न समेत कतिपयको सुझाव छ । प्रहरीभित्र बसेर संगठनको बदनाम र राज्यमा दण्डहिनता मौलाउने भएपछि यस्त घुस्याहा, नैतिकता गुमाएको प्रहरीको कर्मबाट सच्चा देश र जनताको हितका काम गर्ने ईमान्दार प्रहरीको मनोबल गिरेको छ ।

ताजा समाचार

This will close in 10 seconds