सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले छैठौं सेमेस्टरको परीक्षाफल प्रकाशित

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्धारा केन्द्रीय क्याम्पसको परीक्षाफल प्रकाशित गरिएको छ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा देशव्यापी रुपमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको बन्दा बन्दी लकडाउनले पठनपाठन लगायतका काम कार्यहरु प्रभावित साथै रोक लगाएको थियो भने साउँन महिनाको ५ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय लाई मध्यनजर गर्दै यो समयमा सरकार लकडाउन खोल्दा साथ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले २०७६ कार्तिक र मंसिर महिनामा लगिएको तेस्रो वर्ष र छैठौं सेमेस्टरको परीक्षा साउन १३ गते मंगलबार परीक्षाफल प्रकाशित गरिएको छ।

जस अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय ९बिबिए०, विज्ञान तथा प्रविधी संकाय बि।एस्सी र बि।एस्सी सि एस आईटी , शिक्षाशास्त्र संकायको स्नातक तह छैठौं सेमेस्टरका परिक्षाफल प्रकाशित गरिएको छ।

जसमा मानविकी तथा सामाजिकशास्त्र संकायमा १५ जना, विज्ञान तथा प्रविधी संकाय बि।एस्सी २५ र बि।एस्सी सि एस आईटी १९ गरि ४४ , शिक्षाशास्त्र संकायमा ८२ र व्यवस्थापन संकाय ९बिबिए० मा ५७ जना पास भएका छन भने शिक्षाशास्त्र संकायमा अन्तर्गत परीक्षाको मर्यादा विपरीत कार्य गरेको हुँदा चार जना परीक्षार्थीको सम्बन्धी विषयको परीक्षा रद्ध गरिएको छ।

ताजा समाचार