शिक्षक नियुक्तीको विवाद चर्किएपछि विद्यालयमा तालाबन्दी

लाल ब. एसके / कञ्चनपुर

कञ्चनपुरको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा शिक्षक नियुक्तीको विषयलाई लिएर स्थनीय आन्दोलित भएका   छन् । रकम खाएर वैकल्पिक शिक्षक नियुक्त गरेको भन्दै स्थानीले बुधबार विद्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय अमित रानाले प्रअ सुरेन्द्र बोहराले नेकपा स्थानीय नेता भक्तारानामाथि शिक्षक नियुक्तीको विषयमा बुझ्न जाँदा कार्यकक्षमै हातपात र अभद्र व्यवहार गरेकाले त्यसको बिरुद्धमा कार्यालय कक्ष र बिरोध प्रर्दशन गरिएको बताए ।अभद्र व्यवहार गर्ने प्रअ बोहरा र अर्का शिक्षक दिपेन्द्र रानामाथि कार्बाहीको माग अघि सारेर तालाबन्दी गरिएको बताए । विद्यालयमा वैकल्पिक शिक्षक राखेर रकम कुल्याउने दाउमा रहेका सबैलाई कार्बाही गर्नुपर्ने स्थानीयको माग छ ।

ताजा समाचार