१४ बर्षका जज बिक्रम केसी साउन ८ गते बाट सम्पर्क बिहिन

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मेधावी स्कुल नजिक बस्ने वर्ष १४ का जज बिक्रम केसी साउन ८ गते बाट सम्पर्क बिहिन भएका छन् । छोराको खोजी कार्यमा सहयोग गर्न बुबा सुरेश केसीले मोटरसाइकलमा माईकिङग गर्दै आग्रह गरेका छन् ।

जज बिक्रम साउन ८ गते राति ८ बजेर २२ मिनेटमा साइकल चलाएको अवस्थामा चम्मन चौकको सिसि केमरामा देखिएका थिए । खोजी गरिदिन प्रहरीमा खबर गरेको भए पनी केही अत्तोपत्तो नलागे पछि केसीले छोराको फोटो सहित माईकिङग गर्दै आएको बताउनुभयो ।

ताजा समाचार