सामुदायिक विद्यालयमा अनुदान रकम कटौती भएपछि शिक्षक आन्दोलित

कञ्चनपुर

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सरकारले विद्यालय दिदै आएको रकम कटौती गरेको छ । चालु आर्थिक बर्ष २०७७/०७८ देखि सामुदायिक विद्यालयमा अनुदान रकम कटौती गरेको हो । आधारभूत र माध्यमिक तहमा दरबन्दी नभएका विद्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तह मार्फत (गणित, अग्रेजी र विज्ञान) विषयका शिक्षक भर्ना गरिएको थियो । शिक्षण सिकाई सहयोग अनुदान शिक्षकको पारिश्रमिक रकम निकासा नगरेपछि कञ्चनपुरका शिक्षक चिन्तित भएका छन् ।

लकडाउनका कारण विद्यालय संचालन हुन नसकेपछि आउँदो भदौँदेखि विद्यालय संचालन हुने भएको छ । शिक्षक अनुदान रकम निकासाको माग अघि सारेर अनुदान शिक्षकले मंगलबार जिल्ला शिक्ष विकास तथा समन्वय इकाई र भीमदत्त नगरपालिका शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका छन् । दुवै निकायमा ज्ञापन पत्र बुझाउँदै अनुदान शिक्षकले अनुदान रकम आउने हो वा होईन, एकिन गरिपाउँ नआउने भए हामीलाई समयमै एकिन गरिदिनुपर्ने माग अघि सारेका छन् । विद्यालय संचालन हुने समय नजिकिदै जाँदा अनुदान रकम नआएपछि शिक्षक चिन्तित भएका हुन् ।

अनुदान मावि शिक्षक केशव साउदले सरकारले चालु आर्थिक बर्ष शुरु भएको दुई साता वितिसक्दा पनि स्थानीय तहमा अनुदान रकम नपठाएका कारण शिक्षकमा अन्यौलता छाएको बताए । ‘अघिल्लो बर्ष शुरुमै अनुदान शिक्षकको रकम शिर्षकको बजेट पठाएको थियो, ‘उनले भने, ‘यस बर्ष अहिलेसम्म पठाएको छैन् ।’ आधारभूत र मावि तहमा दरबन्दी नभएका विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिका लागि विषयगत शिक्षक भर्ना गरिएको बताउदै उनले चालु आर्थिक बर्षमा अनुदान रकम नपठाएका कारण कतिपय विद्यालयले शिक्षकलाई अवकास दिईरहेको समेत उनले दुखेसो पोखे । ‘हामीलाई यतिकै राखेको होईन, ‘उनले भने ‘विषयत शिक्षक राखेर विद्यार्थीकै भविष्यका लागि हो, अहिले सरकारले सो रकम पठाएको छैन् ।’

शिक्षण सिकाई सहयोग अनुदान शिक्षक संघर्ष समिति कञ्चनपुरका अध्यक्ष बलबिर सिह भण्डारीले अनुदान रकम नआएका कारण शिक्षक अन्यौलमा रहेको बताउदै दुई सरकारी निकायलाई ध्यानाकर्षण बुझाएको बताए । ‘अनुदान रकम आएको छैन, ‘हामीलाई चिन्ता लागेको छ, ‘उनले भने, ‘विद्यालय जाने कि नजाने चिन्ता छ ।’ शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले अनुदान शिक्षकको रकमबारे माथिल्लो निकायमा रिर्पोटिङ्ग गर्ने बताए । ‘तपाईहरुको अनुदान रकम काटिएको छैन, ‘उनले भने, ‘खै किन स्थानीय तहमा रकम हालेन् ।’ अनुदान रकम निकासबारे पहल थालिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुवेदीले शिक्षकलाई आवश्वासन दिएका छन् ।

ताजा समाचार