कुखुरा तस्कर तह लगाउँदै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बलले कञ्चनपुरमा कुखुरा तस्करपनि नियन्त्रणमा लिन थालेको छ । कोडिभ १९रोकथामका लागि लगाईएको लकडाउन र पछि हुने तस्करी रोक्न सशस्त्र प्रहरी सकृय भएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणले सीमा क्षेत्रमा रहेका बोर्डर आउट पोष्टलाई समेत स्पष्ट निर्देशन दिएको बुझिन्छ ।

सीमा अपराध, तस्करी रोक्नका लागि युद्धस्तरमा खटिन निर्देशन अनुरुप सीमा क्षेत्रमा हुने तस्करी रोकथाममा खटिएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक श्याम राना नेतृत्वको टोलीले मंगलबार बेलौरी नगरपालिका ६ भुराकोटबाट दुई साईकलमा कुखुरा तस्करी गर्दा नियन्त्रणमा लिएको हो । प्रतिबन्धित कुखुरा, अण्डा भारतबाट तस्करी भईरहेको अवस्थामा साईकल सहित कुखुरा नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीको टोली देखेर कुखुरा तस्कर भागेका थिए ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मार्फत कञ्चनपुरका विभिन्न स्थानमा १० बिओपी मार्फत सीमा सुरक्षा, सीमा विवाद समाधान, चोरी तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण गर्दै तस्कर नियन्त्रणमा खटेको स्थानीयको भनाई छ ।

ताजा समाचार