मुल बजारमा ताल्चा तोडेर चोर्न खोज्ने समूह असफल

कञ्चनपुरको महेन्द्रनगर स्थित बसपार्क मदन चोक रोडको मुल बजारमा रहेका तीन सटरमा अज्ञात समुहले चोरीको प्रयास गरेता पनि चोरहरु असफल भएका छन। मंगलबार बिहानको पानी परेको समयमा मौका छोपी अज्ञात समुहले बसपार्क रोडमा रहेको गुरूजी फेन्सी, गोजलिङ्ग ट्रेडर्स र समैजी फेन्सीमा चारीको प्रयास गरेको थियो ।

भने सटरमा लगाइएका ताला तोडेर चोरीको प्रयास गरे पनि तीन वटै सटरका साइड लकका कारण चोरी नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अम्मरबहादुर थापाले जानकारी दिएका छन् । ‘तीनवटै पसलको ताला तोडिएको थियो’, उनले भने, ‘तर सटरमा लगाइएको साइड लकले चारी गर्न पाएन ।’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनु भएको छ । गत वर्षमा पनि सोही लाइनमा तीन पसलमा डेड लाख बराबरको चोरी भएको थियो।

तर सम्बन्धित निकायले भने चोर पत्त लगाउन भने नसकेको व्यापारीहरु को गुनासो रहेको छ् । महेन्द्रनगर बजार लगायतका क्षेत्रमा एका-एक चोरिको बिगबिगी दिनानुदिन बढ्दै गएको हुँदा सम्बन्धित निकायको बेलैमा ध्यानाकर्षण हुनु जरुरी रहेको छ।

ताजा समाचार

This will close in 10 seconds