कार्यकक्षमै वडाध्यक्षमाथि साँघात्मिक ‘हमला’ गर्ने बिरुद्ध उपद्रोप मुद्दा दर्ता

तरुण दलका वडा सभापति ठगुन्ना सहित सात जना बिरुद्ध मुदा

कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महरालाई कार्यकक्षमै साँघात्मिक हमला गर्ने नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्ना सहितका ७ जना बिरुद्ध मुद्दा दर्ता गरिएको छ । आइतबार वडाध्यक्ष महरामाथि कार्यकक्षमै गएर साँघात्मिक हमला गर्ने तरुण दलका वडा सभापति ठगुन्ना सहित घटनामा संलग्न सात जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले वडाध्यक्ष महरामाथि कुटपिट र कार्यालय तोडफोड गर्ने नारद ठगुन्ना, लोकेन्द्र ठगुन्ना, कमान ठगुन्ना, विनोद ठगुन्ना, नविन ठगुन्ना, आनन्द सिह ठगुन्ना, बसन्त सिह ठगुन्ना बिरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भईरहेको बताए । तरुण दलका वडा सभापति ठगुन्ना सहितको समुहले वडाध्यक्ष महरामाथि कार्यकक्षकै कुटपिट गरेका थिए ।

कुटपिटबाट वडाध्यक्ष घाईते भएका छन् । भित्रि चोट भएकाले उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको नगरपालिकाले जनाएको छ । वडाध्यक्षमाथि तरुण दलका वडा सभापति ठगुन्ना सहितले सामुहिक हमला गरेको भिडियो सार्वजनिक भएपनि स्थानीय काँग्रेस नेता कार्यकर्ता र तरुण दलले घटना भएकैदिनदेखि आफ्ना कार्यकर्ता पक्राउ गरेको बिरोध गरिरहेका छन । लकडाउनले थलिएको कञ्चनपुरमा सार्वजनिक यातायात खुलेको चार दिन नवित्तै पुर्वपश्मि महेन्द्रराजमार्ग झलारीमा सडक जाम र टायर बालेर आन्दोलन गरेपछि सयौँ यात्रु मारमा परेका थिए । वडाध्यक्ष बहादुर सिह महरामाथि कुटपिट गर्ने समुहमाथि शुक्लाफाँटा नगरपालिकाले समेत भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिहले अपराधलाई परास्थ गर्ने कि ? रोक्न त्यो सम्बन्धीतको हातमा भएको बताए । ‘कार्यकक्षकै निर्वाचित वडाध्यक्षमाथि हातपात गर्नु निन्दनिय कार्य हो, ‘उनले भने, ‘घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्छ ।’ नेकपा शुक्लाफाँटा नगर कार्य समितिले घटनाको घोर भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेको छ । नेकपा नगर कार्य समितिको सोमबार सबेको बैठकले वडाध्यक्षमाथि साँघात्मिक हमला गर्ने जुनसुकै व्यक्ति समुह दलमा आबद्ध भएको भएपनि कार्बाहीको दायरामा ल्याउनुपर्ने निर्णय गरिएको नेकपा शुक्लफाँटा नगर अध्यक्ष भक्त बहादुर जोशीले बताए । अध्यक्ष जोशीले घटनामा संलग्न सबैलाई यथाशिघ्र पक्राउ गरि कानुनी दायरमा ल्याउनुपर्ने माग अघि सारेर इलाका प्रहरी कार्यालय झलारीसंग माग गरिएको बताए । नेकपा शुक्लाफाँटा नगरकार्य समितिले घटनाकै दिन विज्ञप्ती जारी गरेर साँघात्मिक हमला गरेर हत्या गर्ने उदेश्य रहेको जनाएको थियो । वडाध्यक्षमाथि कुटपिट भएको घटनाको बिरोधमा स्थानीयले समेत नगरपालिका, बजार क्षेत्र र राजमार्गमा आन्दोलन गरेका छन् ।

शुक्लाफाँटा नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि ११ नम्बर वडालाई जिम्मा दिएको थियो, सो वडाले छाडा पशु चौपाया व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले ८ लाई जिम्मेबारी दिएको थियो । स्थानीय एव छाडा पशु चौपाया गोठालाले पशु चौपाया सहित ल्याएर नगरपालिका ल्याएर आन्दोलन गरेका थिए । उनीहरुले गोठमा व्यवस्थापनका लागि राखिएका पशु चौपाया नगरपालिका हुलेर गएका छन् । वडाध्यक्षमाथि हमला गर्नेलाई कार्बाहीको माग राखेर झलारी बजार क्षेत्रमा प्रर्दशन गरेका हुन् । वडाध्यक्षमाथि हमला भएपछि आईतबारदेखि वडा कार्यालयमा सेवा समेत ठप्प भएका छन् । सुरक्षा र हमलाको बिरोधमा वडा कार्यालय बन्द गरिएको थियो । वडा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । घटनाको सर्वत्र बिरोध भत्र्सना भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds