भ्रष्टाचार छानबिनका लागि समिति गठनका लागि नगरपालिकामा पत्राचार गर्ने सहमतीपछि ताला खुल्यो

 पुष्कर भट्ट

बाल उद्यानमा भएको भ्रष्टाचार छानबिनका लागि नगरपालिकासंग माग गर्ने सहमती भएपछि भीमदत्त नगरपालिका १६ नम्बर वडा कार्यालयको ताला खुलेको छ ।

वडाध्यक्ष सुरेन्द्र विष्ट र आन्दोलतरन पक्षधरविच बाल उद्यानमा भएको भ्रष्टाचार छानबिनका लागि नगरपालिकासंग माग गर्ने सहमती भएपछि भीमदत्त नगरपालिका १६ नम्बर वडा कार्यालयको ताला खुलेको हो । वडाध्यक्ष विष्टले बाल उद्यानमा भएको भ्रष्टाचार, किर्ते दस्तखत प्रकरण छानबिनका लागि नगरपालिकासंग पहल गर्ने र पत्राचार गर्ने सहमती भएपछि ताला खुलिएको बताए ।

काँग्रेस, राप्रपा लगायत स्थानीय नेता कार्यकर्ताले नगरपालिका र नेपाली सेनाको संयुक्त लगानीमा निर्माण भएको बाल उद्यानमा भ्रष्टाचार भएको भन्दै साउन पहिलो साता वडा कार्यालयमा तालाबन्दी गरेका थिए । वडा कार्यालयमा तालाबन्दी गरेका उनीहरुले भ्रष्टाचारका लागि अख्तियार र किर्ते कार्यका लागि प्रहरी प्रशासनमा समेत हार गुहार गरेका छन् । शौचालय बिनै निर्माण भएको पार्कमा भ्रष्टाचार गरेको स्थानीयको आरोपमा भने उपभोक्ता समितिले भ्रष्टाचार नभएको तर, केही व्यक्ति उपभोक्ता समितिमा बस्न नपाएको झोकमा आन्दोलनमा उत्रिएको दावि गरेका छन् ।

ताजा समाचार