कार्यकक्षमै वडाध्यक्षमाथि साँघात्मिक हमला प्रकरण

घटनामा संलग्नमाथि कार्बाहीको माग अघि सार्दै स्थानीय छाडा चौपाया ल्याएर नगरपालिकामा –काँग्रेस नेता कार्यकर्ता पक्राउ परेकाको रिहाईको माग अघि सारेर सडक जाम गर्दै प्रर्दशनमा

कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महरालाई कार्यकक्षमै कुटपिट गर्ने नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्ना सहितका ६ जना पक्राउ परेका छन् । तरुण दलका वडा सभापति ठगुन्ना सहितको समुहले वडाध्यक्ष महरामाथि कार्यकक्षकै कुटपिट गरेका थिए । कुटपिटबाट वडाध्यक्ष घाईते भएका छन् । भित्रि चोट भएकाले उनको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको नगरपालिकाले जनाएको छ । वडाध्यक्ष महरामाथि कुटपिट गर्ने तरुण दलका वडाध्यक्ष ठगुन्ना सहित ६ जना पक्राउ गरेको बिरोधमा नेपाल तरुण दल, काँग्रेस स्थानीय नेता कार्यकर्ता आन्दोलित भएका छन् ।

वडाध्यक्षमाथि तरुण दलका वडा सभापति ठगुन्ना सहितले सामुहिक हमला गरेको भिडियो सार्वजनिक भएपनि स्थानीय काँग्रेस नेता कार्यकर्ता र तरुण दलले घटना भएकैदिनदेखि आफ्ना कार्यकर्ता पक्राउ गरेको बिरोध गरिरहेको छ । तरुण दलले घटनाको कारण र दरुण दलका वडा सभापति ठगुन्नाका भाई बसन्त ठगुन्नामाथि वडाध्यक्षले अघिल्लो दिन दुई झापड हानेको नेपाल तरुण दल शुक्लाफाँटा नगर सभापति ज्ञानेन्द्र सिहले बताए । ‘वडाध्यक्ष महराले मोबाईल चलाईखेलिरहेका किशोरलाई कुटपिट गर्दा उनीमाथि केही नहुने, ‘उनले भने, ‘वडाध्यक्षको गल्ती कसैले देखेन् ।’ तरुण दलका नगर सभापति सिहले वडाध्यक्षमाथि पनि छानबिन हुनुपर्ने, नगरमा भईरहेको भ्रष्टाचार रोक्नुपर्ने, पक्राउ परेका कार्यकर्ता रिहाईको माग अघि सारेर बिरोध, प्रर्दशन आन्दोलनका कार्यक्रम अघि बढाईएको बताए । ‘हामीले शुरुको दिन सडकमा दायर बालेर कार्यकर्ता पक्राउको बिरोध गरे, ‘उनले भने, ‘दोस्रो दिन नगरपालिका र पुर्वपश्चिम राजमार्गमा टायर बालेर बिरोध गरेका हौँ ।’ वडाध्यक्ष महरा बिरुद्ध लगेको उजुरी प्रहरीले दर्ता नगरेपछि आन्दोलनमा उत्रिएको उनले बताए । पक्राउ गरिएको कार्यकर्ता रिहा नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

लकडाउनले थलिएको कञ्चनपुरमा सार्वजनिक यातायात खुलेको चार दिन नवित्तै पुर्वपश्मि महेन्द्रराजमार्ग झलारीमा सडक जाम र टायर बालेर आन्दोलन गरेपछि सयौँ यात्रु मारमा परेका थिए । तरुण दलको आन्दोलनका बेला जाममा परेका यात्रु जनक ऐरले वडाध्यक्ष र तरुण दलका नेता कार्यकर्ताविच अघिपछि के के भएको बारे थाहा नभएको बताउदै, सार्वजनिक भएको भिडियोबाट वडाध्यक्षमाथि शुरुमा झापट चार्ज त्यसपछि सामुहिक कुटपिट भएको देखिएको बताए । ‘घटना निन्दनिय र अपराधिक खालको छ, ‘उनले भने, ‘आज वडाध्यक्षलाई उनकै कार्यकक्षमा गएर कुटपिट गर्ने समुहले भोली अरु वडाध्यक्ष, मेयर कुटन् बेर हुँदैन, के यस्ता अपराधमा संलग्न मान्छेलाई काँग्रेसले जोगाउने ।’ लोकतान्त्रिक पार्टीले सडक जाम, टायर बालेर प्रदुषण गर्नुभन्दा असहमति भएका विषयमा लोकतान्त्रिक विधिबाट अघि बढ्नुपर्ने जाममा परेको यात्रुको सुझाव थियो । ‘वडाध्यक्षले कुनै गल्ती गरेको भए कानुन छ, ‘उनले भने, ‘सामुहिक रुपमा कार्यकक्षमै गएर घटना घटाउनु अपराध नै हो ।’ वडाध्यक्ष कुटपिट प्रकरणमा अन्य वडाध्यक्षले समेत बिरोध गरेका छन् । शुक्लाफाँटा नगरपालिका २ का वडाध्यक्ष शिवराज पनेरुले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेर विज्ञप्ती जारी गरेका छन् । कार्यकक्षमै वडाध्यक्षमाथि हमला, उच्छृङगल समुहले हुलहुज्जल गरेर कार्यालय तोडफोडको समेत बिरोध गरेका छन् । वडाध्यक्ष बहादुर सिह महरामाथि कुटपिट गर्ने समुहमाथि शुक्लाफाँटा नगरपालिकाले समेत भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।

शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिहले अपराधलाई परास्थ गर्ने कि ? रोक्न त्यो सम्बन्धीतको हातमा भएको बताए । ‘कार्यकक्षकै निर्वाचित वडाध्यक्षमाथि हातपात गर्नु निन्दनिय कार्य हो, ‘उनले भने, ‘घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्छ ।’ नेकपा शुक्लाफाँटा नगर कार्य समितिले घटनाको घोर भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेको छ । नेकपा नगर कार्य समितिको सोमबार सबेको बैठकले वडाध्यक्षमाथि साँघात्मिक हमला गर्ने जुनसुकै व्यक्ति समुह दलमा आबद्ध भएको भएपनि कार्बाहीको दायरामा ल्याउनुपर्ने निर्णय गरिएको नेकपा शुक्लफाँटा नगर अध्यक्ष भक्त बहादुर जोशीले बताए । अध्यक्ष जोशीले घटनामा संलग्न सबैलाई यथाशिघ्र पक्राउ गरि कानुनी दायरमा ल्याउनुपर्ने माग अघि सारेर इलाका प्रहरी कार्यालय झलारीसंग माग गरिएको बताए । नेकपा शुक्लाफाँटा नगरकार्य समितिले घटनाकै दिन विज्ञप्ती जारी गरेर साँघात्मिक हमला गरेर हत्या गर्ने उदेश्य रहेको जनाएको थियो । वडाध्यक्षमाथि कुटपिट भएको घटनाको बिरोधमा स्थानीयले समेत नगरपालिका, बजार क्षेत्र र राजमार्गमा आन्दोलन गरेका छन् । शुक्लाफाँटा नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि ११ नम्बर वडालाई जिम्मा दिएको थियो, सो वडाले छाडा पशु चौपाया व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले ८ लाई जिम्मेबारी दिएको थियो । स्थानीय एव छाडा पशु चौपाया गोठालाले पशु चौपाया सहित ल्याएर नगरपालिका ल्याएर आन्दोलन गरेका थिए ।

उनीहरुले गोठमा व्यवस्थापनका लागि राखिएका पशु चौपाया नगरपालिका हुलेर गएका छन् । वडाध्यक्षमाथि हमला गर्नेलाई कार्बाहीको माग राखेर झलारी बजार क्षेत्रमा प्रर्दशन गरेका हुन् । वडाध्यक्षमाथि हमला भएपछि आईतबारदेखि वडा कार्यालयमा सेवा समेत ठप्प भएका छन् । सुरक्षा र हमलाको बिरोधमा वडा कार्यालय बन्द गरिएको थियो । वडा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । वडाध्यक्ष बहादुर सिह महराले अघिल्लो राती तरुण दलका अध्यक्ष नारदा ठगुन्नाका भाई बसन्त ठगुन्ना सहितले स्थानीय युवकलाई कुटपिट गरेपछि सम्झाईबुझाई गर्दा उनीहरु आफुमाथि राजनीतिक प्रतिशोध साँटेर योजनाबद्ध ढङगबाट कार्यालयमा आएर कुटपिट गरेको बताएका थिए । शक्ती संघर्ष, अपराधलाई संरक्षर््ाण गर्दा शुक्लाफाँटा नगरपालिकामा दुईदिनदेखि असहज स्थिति बन्दै गएकाले वार्ताका माध्यामबाट समाधान गर्नुपर्ने स्थानीय अगुवाको दुवैपक्षलाई सुझाव छ ।

ताजा समाचार

This will close in 10 seconds