भीमदत्तनगरको मुटुमा रहेको मुल सडकमा खाल्डा हुँदा अटो दुर्घटना

कञ्चनपुरको महेन्द्रनगर स्थित मुल बजार क्षेत्रमा रहेका मुल सडकमा खाल्डा हुँदा अटो दुर्घटना भएको छ। बिहिवार साँझ पाखा ७स्४५ बजेको समयमा महेन्द्रनगर बजार मदन चोक देखि बसपार्क तर्फ आउदै गरेको अटो सेफर हस्पिटल नजिकै मुल सडकमा खाल्डोमा परि दुर्घटना भएको हो।

म १ ह ९७५ नम्बरको ३ पांग्रे अटो अचानक सडकमा रहेको खाल्डोमा पर्दा अगाडिको सिसा फुट्नुका साथै क्षति भएको छ। चालक सुरेन्द्र दमाई भन्छन् ू मुल सडकमा त्यति ठूलो खाल्डा हुँदा कुनै सावधानीको लागि निशानी वा त्यस्तो खतराको संकेत समेत नराख्दा पानी पर्दै गरेको बेलामा माटो तल धसिदा दुर्घटना भएको हो।

उनले आफुलाई कुनै चोटपटक समेत नलागेको बताएका छन् । जनक बोगटी को नाममा रहेको अटो  चालक सुरेन्द्र दमाईले चलाउदै आए थिए । टेलिकमले मुल सडकमा रहेको तार भुइतला देखि सर्भिस दिनको लागि मुल सडकको पिच फुटाएर त्यसै माथी त्यतिकै माटो हाल्दी पुरेको हुँदा त्यही खाल्डोमा पर्दा दुर्घटना हुन पुगेको छ । भने भयानक दुर्घटना हुन बाट बचेको छ।

चालक भन्छन् ू मुल सडकमा त्यति ठूलो खाल्डा हुँदा कुनै सावधानीको लागि निशानी वा त्यस्तो खतराको संकेत समेत नराख्दा पानी पर्दै गरेको बेलामा माटो तल धसिदा दुर्घटना भएको र आफुलाई कुनै चोटपटक समेत नलागेको बताएका छन् अटोमा भने क्षति भएको छ। बर्खायाम लाग्दा मुल सडक मर्मत सम्माहार नहुदा यस प्रकारको दुर्घटना हुन पुगेको हो । बजारको विभिन्न स्थानमा बाटो भत्कीएको छ भने ढल निकासा गरेको स्थानमा ढल माथि ढकन नलागाई खुला राख्दा अझ दुर्घटना बढुने सम्भावना रहेको छ । स्थानीय सरकारले अझै सम्म कुनै चासो देखाएको छैन् । जसले गर्दा भयानक सडक दुर्घटना नहोला भन्न सकिदैन । स्थानीय बासिन्दाहरुले सक्दो चाडो सडक मर्मत हुनु पर्ने मा जोड दिएका छन् । बेलैमा सम्बन्धित निकायले ध्यान नदिए ठुलो दुर्घटना हुन सकदैन भन्न सकिदैन् । त्यसले बजार क्षेत्रमा रहेका मुलसडकका खाल्डाको व्यवस्थापन संगै बाटाघाटा मर्मत हुनु पर्नेमा जोड दिनु पर्ने स्थानियको माग छ।

ताजा समाचार