मनकारी घरबेटी नेगीद्धारा घर भाडा छुट

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को महामारीमा सरकारले लगाएको लकडाउन लाई मध्यनजर गर्दै मनकारी घरबेटी नेगीद्धारा घर भाडा छुट गरेकि छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय क्याम्पसमा व्यवस्थापन ,मानविकी संकायमा स्नातक तहमा अध्ययनरत दिनेश राज भट्ट , कलक कार्की र मोर्निङ्ग ग्वलोरिमा कक्षा १२ को विज्ञान संकायमा अध्यनरत नवीन भट्ट लगायत लाई भीमदत्त नगरपालिका वडा न. १५ तल्लो गोबरीया निवासी सपना नेगीले आफ्नो घरमा तीन कोठामा बस्दै आएका विद्यार्थीहरु लाई एक महिनाको घर भाडा मिनाहा(छुट) गरेको घर बेटि सपना नेगीले बताएकी छन् ।

उनले भनिन् ’आफ्नो विद्यार्थी जिवनकाल लाई सम्झिदै आफू पनि अध्ययनको क्रममा घरभाडामा बस्दै आएको पीडा लाई मनन गर्दै एक महिनाको घर भाडा छुट गरेकि हु’। यसरी सबैले आ(आफ्नो घरमा भाडामा बस्दै आएका विद्यार्थीहरु लगायत अन्यलाई पनि सक्दो घरभाडा छुट गर्नमा सहयोग गर्नु हुन उनको भनाई रहेको छ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रिय क्याम्पस व्यवस्थापन संकाय (बिबिएस) अन्तर्गत स्नातक तह दोस्रो वर्षमा अध्यनरत नेविसंघका विद्यार्थी नेता दिनेश राज भट्टले भने ’ यसरी सबै घरधनीहरुले अध्ययनको क्रममा घरभाडामा बस्दै आएका सम्पुर्ण विद्यार्थी साथि भाईहरु लाई आफुले सक्दो भाडा छुट गरि सहयोग गर्दिन अनुरोध समेत गरेका छन् । ’ उनले आफु लगायत सोही घरमा बस्ने साथिहरु को एक महिनाको घरभाडा छुट गरेको हुँदा घरधनी (घरबेटी ) लाई धन्यवाद समेत दिएका छन् ।

अहिलेको विषम परिस्थिति लाई मध्यनजर गर्दै सम्पुर्ण घरधनिहरु ले घरभाडा छुट गरि एउटा असल अभिभावकको भुमिका निर्वाह गरि सहयोग गर्न सम्पुर्ण विद्यार्थीहरुले आग्रह गरेका छन् । यो एक विद्यार्थीकालका लागि नै प्रेरणाको स्रोत बन्ने छ।

ताजा समाचार

This will close in 10 seconds